२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सभ्यताको शिखरमा उभिएर

कविता

सोनाम सज्जन किराती  

                     

मलाई प्रेम

मलाई  गेम

मलाई ड्रिम

रोज्न नलगाउनु

 

यहाँ बेहत्तर हुनेछ  

परिभाषामा उल्टापन

थपथाप गरिएपछि

र सुल्टाहरू सत्यसामु

घुंडा लुला बनाएर

लङ्गडो सावित हुनेछन्  

 

मलाई यो पनि बेहत्तर लाग्छ

कि सत्य र असत्यको नाफाघाटा तौलेर

मेरो बजारको ग्राहकहरू खुसी बनाउ

 

जस्तै प्रेमको मूल्य नमिसियोस्

फाल्तु गेमहरू नजितिकनै

ड्रिमहरू फटाफट मालामाल होस्

 

याने की तब त हुनेछन्  

सत्य र असत्यको व्यापारमा  

फाइदाजनक सन्तोष  

 

यहाँ त शाषक  

नोकरी गराएर

सरकारी मुनाफा नरोजाएर

डाक्टरी गरेर  

किड्नी, कलेजो,

मुटु, आँखा, कान लगायत  

अङ्ग –प्रत्याङ्गको बिक्री केन्द्र खोलेर

मुलाको भाउभन्दा डबल मार्जिन

कमाउ सम्पत्ति थान्छन्

 

मतलब परिश्रम नगर्ने  

मेहेनती नबन्ने  

खुफिया तरीकाले ह्वात्तै माथि चढ्ने  

र चढेकाहरूको महङ्गो उचाइ खसालिदिने

यावत्– यावत् ज्ञान हुनेहरूको चैन छ

उनीहरूले नै जित्नु परिरहेछ

 

यहाँ सच्चा प्रेम  

असल सोच सपनाहरू

खाडीको खाडल पुर्याएर

हार्न बाध्य पारिएको छ  

 

यसकारण तिम्रो गुनगुनाहट  

बिलाएर जाँदैछ

तिमी असल हुन असत्यको व्यापार

छोडे मात्रै पुग्छ

सत्यसत्य बाटो हिंडिदिए हुन्छ  

 

यस्तो खाँचो छ  

मुहान सङ्लो भइदिए

सागर समुन्द्र दूषित हुने छैन  

किनभने अब पर्यावरण जोगाउनु छ  

सभ्यताको शिखरमा उभिएर ।

प्रकाशित: १४ कार्तिक २०७७ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App