२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

रिया चक्रवर्तीको खुलासा : बलिउडमा १५ ‘सेलिब्रिटी’ लागुऔषधमा संलग्न

रिया चक्रवर्ती

भारतका अभिनेता सुशान्त सिंह ‘आत्महत्या’ प्रकरणमा पक्राउ परेकी उनैकी प्रेमिका एवं अभिनेत्री रिया चक्रवर्तीले भारतीय चलचित्र क्षेत्र (बलिउड) मा कार्यरत १५ ‘सेलिब्रिटी’ लागुऔषध कारोबार तथा दुर्व्यसनमा संलग्न भएको खुलासा गरेकी छन्।  

सुशान्त मृत्यु घटनाको लागुऔषध कोणबाट अनुसन्धान गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) समक्ष रियाले लागुऔषधमा संलग्न १५ बलिउडकर्मीकाे नाम नै बताएकी हुन्।  

तर ब्युरोले उनीहरूको नाम सार्वजनिक नगरेको हिन्दुस्तान टाइम्सले जनाएकाे छ।  

घटना अनुसन्धानका लागि ब्युरोले केही दिनअघि रियालाई पक्राउ गरेको हो। त्यसअघि उनका भाइ शौविक चक्रवर्ती, सुशान्तकै मेनेजर रहेका दीपेश सावन्तलगायत पनि पक्राउ परिसकेका छन्।

शौविक र दीपेशले कुरिएरमार्फत सुशान्तको घरदेखि रियाको घरसम्म लागुऔषध ओसारपसार गरेको अनुसन्धानबाट पत्ता लागेको छ।  

सुशान्त सिंह राजपुतको ‘आत्महत्या’बारे अहिले विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।  

आर्थिक लेनदेनबारे इन्फोर्समेन्ट डिरेक्टोरेट, मृत्युको कारणबारे सिबिआई र लागुऔषधबारे एनसिबीले अनुसन्धान गरिरहेका हुन्।  

प्रकाशित: २७ भाद्र २०७७ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App