९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

किंवदन्तीमा आधारित लाखेनाच

लाखे नेपाल अधिराज्यभर नचाइने एक मात्र सर्वप्रिय परम्परागत नाच हो। ढोलक झ्याम्टाको जिउनै थर्किने आवाजमा डरलाग्दा ठूला अनुहार र झ्याप्प परेको बाक्लो कपाल भएका रातो जामा र लुगा लगाएर घँगलाको अवाज निकाल्दै सहरबजारमा लाखेनाच देखा पर्दा जतिले आवाज सुनेका हुन्छन्, सबै त्यस ठाउ“मा झुमिन पुग्छन्। को बालक, को वृद्धा, को युवा सबैको मन तान्न सक्ने नाच हो, लाखेनाच।  

लाखेनाच मूलतः काठमाडौं उपत्यकामा नचाइने नाच हो। गोर्खाका राजा पृथ्वीनारायण शाहले तत्कालीन नेपाल (हालको काठमाडौं उपत्यका) मा आक्रमण गरी कब्जा गर्दा उपत्यकाका नेवारहरू उपत्यकाबाहिर पनि बस्न पुगे। जहा“जहा“ नेवार पुगे, त्यहा“त्यहा“ बस्ती विकास गरिदिए। किनभने यिनीहरू उद्योगी र व्यवसायी जाति थिए। आफ्नो मूलथलो छाडेर बस्ती सर्दा उनीहरूले उपत्यकाको आफ्नो संस्कृतिलाई जोगाउन सकेनन्। काठमाडौंका संस्कृति प्रायः सबै गुठीबाट चलाएका हुन्छन्। गुठीबाट चल्ने प्रायः संस्कृति धार्मिक भावना र राज्यका शक्ति समेत जोडिएका हुन्छन्। त्यसकारण यस्ता धार्मिक, तान्त्रिक र राज्यसित सम्बन्धित अधिकांश संस्कृति उपत्यका बाहिर पुगेन। लाखेनाच भने काठमाडौं उपत्यका बाहिरका नेवार बस्तीमा पनि नचाइन थाल्यो। यो नाच अन्य जाति र समुदायमा पनि उत्तिकै लोकप्रिय भयो। काठमाडौंको मजिपातलाखे मात्र विधिवत नचाइने भएकाले यो नाच विशेष पर्व र विशेष क्षेत्रमा बाहेक अन्यस्थान र समयमा नचाइँदैन। उपत्यका बाहिर नचाइने लाखे गुणिला लाखे हो। यो लाखे नाचका लागि कुनै धार्मिक विधि, शास्त्रगत कुरा चाहिँदैन। कुनै जाति विशेष पनि हुनुपर्छ भन्ने छैन। रमाउन चाहने जो पनि बाजाको तालमा नाच्न सकिन्छ। यसैले नेवार बाहेकका अन्य जातीय समुदाय पनि यस लाखेनाचमा सहभागी हुन्छन् र यो नाच नाच्छन्, रमाउँछन् । नेपालभरि सबै जातीय समुदायले रुचाउने र सहभागी हुने नाच नै लाखेनाच भएकाछ। यसका लागि कुनै गुठीको तालिम चाहिँदैन। ढोलक र झ्याम्टा बाजाको बोलीमा यस्तो शक्ति छ, सुन्नेलाई नै नाच“ुनाचु“ पारिदिन्छ।

नेपाल मण्डलमा वर्षभरि कुनै न कुनै जात्रा, उत्सव, चाडपर्व, मेला, गुठी, नाचगान आदि भइरहेका हुन्छन्। कतिपय जात्रापर्वहरूमा कुनै न कुनै किंवदन्ती जोडिएका हुन्छन्। किंवदन्तीका आधारमै सांस्कृतिक गतिविधि हुने गरेको पाइन्छ। यस्ता किंवदन्ती जोडिएका जात्रापर्व र संस्कृतिमा गुणिलालाखे पर्छ।  

काठमाडौंवासीले इन्द्रजात्रालाई विशेष रूपमा मनाउँछन्। आश्विन चतुर्दशीदेखि आठ दिनसम्म मनाइने इन्द्रजात्रामा कुमारीको रथजात्रा र आकाश भैरव (सव भक्कु), पुलुकिसी, देवी नाच (दीप्याखँ), मजिपा लाखे र महांकाली नाचको पनि विशेष प्रदर्शनी हुन्छ। यसमा नचाइने एक महत्वपूर्ण नाच मजिपात लाखेनाचको इतिहास र संस्कृति त छ“दैछ, यसको अलावा एक रोचक किंवदन्ती पनि जोडिएका छन्।

पहिलो किंवदन्ती  
सिमरौनगढबाट तलेजु (कुमारी) काठमाडौं भित्रिँदा कुमारीको अंगरक्षक लाखे पनि आएका थिए। वि.सं. ११५४ तिर राजा नान्यदेवले सिमरौनगढ निर्माण गरेको प्रसंग भाषावंशावलीहरूमा छ। रावणको राज्य लंकाबाट सिमरौनगढ पुगेकी एक राक्षसनी त्यहा“का कुनै एक भारदारसँग प्रेममा परी नान्यदेवको दरबारमा परिचारिका भई काम गर्दै थिई। एक दिन ती दुई प्रेमीको कुराकानी भयो, ‘मलाई लंकादेखि यहा“को दरबारसम्म तान्नु तिम्रो मायाले गर्दा हो। म राक्षसनी हु“, तर खराबी गर्ने चाहिँ होइन।’  

भारदार प्रेमीले भन्छन्, ‘उसो भए हाम्रो महाराजको यस वनलाई एउटा सुन्दर नगर बनाउने योजना छ। त्यसमा हामीले सहयोग गर्न सक्छौँ। कुरा त ठीक हो तर मान्छेहरूले हामी लाखेहरूलाई विश्वास गर्दैनन् नि। हामीलाई यो नगर बनाउने जिम्मा दिए एकै रातमा तयार गर्न सक्छौँ।’

काठमाडौंको मजिपातलाखे मात्र विधिवत नचाइने भएकाले यो नाच विशेष पर्व र विशेष क्षेत्रमा बाहेक अन्यस्थान र समयमा नचाइँदैन। उपत्यका बाहिर नचाइने लाखे गुणिला लाखे हो। यो लाखे नाचका लागि कुनै धार्मिक विधि, शास्त्रगत कुरा चाहिँदैन।

‘त्यसका लागि के गर्नुपर्ला त ?’ भारदारले राक्षसनीलाई जिज्ञासा राखे। राक्षसनीले भनिन्, ‘रातको समयमा मात्र काम गर्छौं, त्यस समयमा हामीलाई कसैले हेर्नु हु“दैन।’ भारदारले यो कुरा राजामा बिन्ती चढाए। राजा कुतूहलताका साथ नगर बनाउन अनुमति दिए। सोही अनुसार, भारदारका प्रेमिका राक्षसनीले लंकाबाट लाखे बोलाई एकै रातमा ‘सिमरौनगढ’ नगर बनाइदिई। सिमरौनगढबाट तलेजु भवानी पनि रहेकाले लाखेहरू नगर सुरक्षाका लागि त्यहीँ बसे। समय र परिस्थितिवश तलेजुलाई नेपाल (हाल काठमाडौं) भित्र्याएपछि त्यसको सुरक्षासँगै लाखे पनि नेपाल आएका थिए।  

कुमारी तलेजुकी प्रतीक हुन्। इन्द्रजात्रामा कुमारीको जात्रा हुने भएकाले उसका सुरक्षाका लागि लाखे पनि सँगै नचाइने गरिएको किंवदन्ती रहिआएको छ। वनलाई एउटा सुन्दर नगर बनाउने महाराजको संकल्प भई लाखे पनि उपत्यकामा भित्रिएको इतिहासमा उल्लेख भएको पाइन्छ।  

दोस्रो किंवदन्ती
राजा गुणकामदेवले इन्द्रजात्रा सुरु गरे। त्यसैबेलादेखि विभिन्न जात्रा, नाच लगायत लाखेनाच पनि चलाए। उनैका पालामा नेपाल उपत्यकामा पानी नपरी हाहाकार भयो। राजाले देशका तान्त्रिकहरूसँग पानी नपर्नाको कारण सोधे। तान्त्रिकहरूले राजालाई तलेजु देवीलाई नेपालमा ल्याई कुनै प्राणीको भोग दिएमा पानी पर्ने सल्लाह दिए।  

तर राजाले सुनेका थिए, ‘तलेजुलाई लाखेलसीं (राक्षसीहरू)ले सुरक्षा गरी राखेका छन्। ल्याउन सजिलो छैन। मानिस त जानै सकिँदैन। जानेजति त्यहीँ मारिन्छ।’ त्यसैले राजाले कुनै जुक्ति लगाएर तलेजुलाई नेपाल ल्याउन तान्त्रिकहरूलाई अह्राए। नेपाली तान्त्रिकहरू तलेजु देवीलाई नेपाल ल्याउन लाखेहरूको डरलाग्दो बस्तीमा पुगे। लाखेलसींहरू मस्त निदाएको मौका पारी आ–आफ्ना जिउमा तोरण राखी तन्त्र शक्ति धारण गरी तलेजु भवानी भएतिर पुगे। तान्त्रिकहरूले नेपालमा प्राकृतिक प्रकोप परेको र तलेजुको उपस्थिति भएमा यो समस्या तुरुन्तै हट्ने भनी बिन्ती गरी विधिवत पूजा गरे। त्यहा“बाट तलेजुको कलश बोकेर नेपाल फर्के। यो कुरा थाहा पाई लाखेहरू पनि पछिपछि नेपालको सिमानासम्म आइपुगे। तान्त्रिकहरूले उनीहरूलाई अलमलाउन विभिन्न जनावरहरू बाटोमा देखा पारिदिए। लाखेहरू खानाको बन्दोबस्त भएकाले नेपालको सिमानामा नै बस्न थाले। तलेजु नेपालमा पुग्नासाथ पानीको समस्या सहजै हट्यो। राजा–प्रजा धेरै खुसी भए र तलेजुलाई खुब मान्न थाले।  

एक दिन तलेजुले सपनामा राजालाई भने, ‘मेरो काम सकियो। अब म फर्कन्छु। तर मेरा सहयोगी लाखेहरू नेपालको सिमानामा अलपत्र भइबसेका छन्। उनीहरूलाई नेपालमै राखे नेपालको सहयोग गर्नेछन्।’  

सपनामा भने अनुसार नै तलेजुले लाखेलाई पनि नेपालमा जनमानिसबीच घुलमिल गराउन दिए। लाखेहरू पनि नेपालीबीच मिलेर आवश्यक अनुसार सहयोग गर्न थाले। आफ्नो नाचगान पनि देखाई नेपालीहरूको मन जित्न सफल भए। यसै किंवदन्तीको आधारमा नेपालमा लाखेनाच नचाइदै आइरह्यो।  

तेस्रो किंवदन्ती
काठमाडौंमा एक ज्यापु युवती थिइन। उनी आमाबुवाका साथ खेत जाने गर्थिन्। बाटामा एक लाखे उक्त ज्यापु युवतीको सौन्दर्यबाट मोहित भए। उनीलाई हेर्न सहरभित्रै लुकिछुपी आउन थाले। लाखे ज्यापुको रूपमा खेतमा आई सहयोग गर्ने र उक्त ज्यापु युवतीसित नजिकिन थाले। उनीहरूबिच माया बढ्न थाल्यो। त्यसपछि त लाखे लुकिछिपी ज्यापु युवतीको घरमा सुत्न आउन थाल्यो। छिमेकीले चाल पाई चियो गर्दा मानिसभन्दा फरकको रूप देखे। छिमेकीहरूले राजाकहा“ सुटुक्क खबर गरे। राजाले सैनिक लगाएर लाखेलाई समाते। राजा कहा“ पुगेका लाखेले आफू एक ज्यापु युवतीसितको अघात प्रेममा रहेकाले उसलाई उसैको नजिक राखिदिए, मानवहरूको सहयोगी बनी बस्ने बिन्ती चढाए। राजाले पनि उनको कुरामा विश्वास गरी उनको इच्छाअनुरुप काम गर्न छुट दिए। लाखे खुसीले नाच्न थाले। उसको नाचको आकर्षणले उपत्यकाका नेवारहरू मोहित भए। लाखे नाच्न थालेदेखि उपत्यकामा भूतप्रेतको डर हट्न थाल्यो। त्यसैले उनी लाखे भए पनि दैविक शक्ति भएको मानेर पूजा गर्न थाले र शान्तभैरव मान्न थाले। प्रत्येक वर्षको इन्द्रजात्रामा काठमाडौंको टोलटोलमा लाखे नचाउन थालियो।  

लाखे नाचको परम्परा संस्कृत नाटक वा संस्कृतबाट प्रभावित नाटक वा मल्लकालमा सिर्जना भएको धेरैजसो नाटकका पात्रमध्ये राक्षस गण भनी एउटा वर्गको पात्रका रूपमा पनि प्रस्तुत गर्ने गरिन्छ। नाटकमा राक्षस गणलाई पात्रको रूपमा प्रस्तुुत गरी संवाद गराउने नाटककारको आफ्नो अभिव्यक्ति भए पनि नेवाः संस्कृतिभित्र देखिने लाखेनाच संवादात्मक गरी बोल्ने लाखे नभई भाव नृत्य अनुसार नाच्ने मात्र हो। लाखेनाचलाई नेवार समाजमा एउटा मनोरञ्जनको दृष्टिकोणले नचाउने गरिन्छ।  

त्यस्तै, लाखेलाई रोगमुक्त गराइदिन ठाउँठाउँको रक्षकका रूपमा पनि लिने गरिआएको देखिन्छ। एकातिर विघ्न गर्ने र अर्कोतिर सम्पन्नताको रक्षकको रूपमा लिई आएको छ। लाखेका राम्रा–नराम्रा दुइटै गुणलाई जनताले नराम्रोलाई छोडी राम्रो पक्षलाई अनुशरण गर्ने र लाखेलाई देवताका रूपमा पनि पूजा गरी नचाउने परम्परा छ।  

काठमाडौंमा यी नाच तान्त्रिक विधि–विधानमा आधारित सांस्कृतिक अनुष्ठान भएकाले निश्चित विधि अनुसार गरिन्छ, बाहिर भने कतिपय विधि–विधान लोप भइसकेका छन्।

प्रकाशित: २० भाद्र २०७७ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App