२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

म हुँ अक्षर

कविता

कोठे जीवन मन पर्दैन किनकिन, लाग्छ साह्रै घिन

म हुँ अक्षर, तिम्रो साथ खोज्छ धेरैबेर, मलाई चिन

 

बाहिरी संसार प्यारो, भित्र हुँदा लाग्छ साह्रै अप्ठ्यारो  

सुरुमा नाता जोड्न गाह्रो, अनि फुट्छ ज्ञानको मूलधारो

 

बनी सबैको दर्पणछायाँ घुम्न मन लाग्छ दायाँबायाँ

मलाई ठम्याउन, ज्ञान पाउन, देखाऊ ममा सधैं माया

 

सबैको न्यानो साथ पाउँदा, जीवनभरि प्रयोगमा आउँदा

सार्थकता त्यही झल्किन्छ जब मलाई व्यवहारमा ल्याउँदा

 

त्यतिबेला ठान्छु भाग्यमानी, चाबी बन्न सक्दा ज्ञानको खानी

नगर कसैलाई हानि, तिमीले त्याग्नुपर्छ पुराना नराम्रा आनीबानी

 

चाहना मेरो यस्तो, निरर्थक नबनोस्, नहोस् कसैको जीवन सस्तो  

भनी जानून जीवन कस्तो, आफ्नै हातमा लगाम भएको घोडाजस्तो

 

पहिलेको जमानामा, मान्थे मलाई आमा, पुज्थे सबैले शिरोधार्य गरी

अहिले पैसासँग दाँज्छन्, मात्र आयस्रोतको साधन, मुटु पोल्छ घरीघरी

 

बिहानभरि हलीदाइसँग, दिउँसो स्कुलको उमंग, पाउथें आफैमा रंग

उदास थिएन जीवन मेरो, ढकमक्क फुल्याथ्यो सेरोफेरो र त थिए दंग

 

माटोको सम्बन्ध थियो, थियो सम्बन्ध जिन्दगीको हरपल हर क्षेत्र

व्यावहारिक जीवन, सक्षम हुन्थेनन् ती जन, नखुल्दा ज्ञानको नेत्र

 

अहिले मलाई चिने नि, मेरो साथमा मिहनेनी, खुसी हुन्न म त्यो बेला

जब गुन्द्रुकको बोट कस्तो प्रश्न गर्छ यस्तो मेरो आफ्नै प्रिय चेला

 

सम्बन्ध टुटेको छ अहिले, साथ दिन्नन कसैले, स्कुले चारघेरामा सीमित

खाली औपचारिकता, छैन निकटता, मलाई स्वीकार्छन् मात्र पु¥याउन रीत

 

चुरीफुरी, पार गरे नि सफलताको दूरी, अन्त्यमा चिप्कन्छु कागजी बोक्रामा

कतिले उक्काउँछन्, प्रयोगमा ल्याउँछन्, कतिले फ्याक्छन् डस्टविनको टोक्रामा।

प्रकाशित: ९ भाद्र २०७७ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App