रमेश भट्टराई पुजारी
‘यो बहिरो हो । यो बोल्न सक्दैन ।’ कार्यकर्ताले नेत्रीलाई भन्यो ।
‘ यो कहाँ बस्छ त ? यो कति वर्षको भयो ? नेत्रीले सोधिन् ।
‘यो झन्डै पचासको भयो, बाबुआमा छैनन् । उसको काकाकोमा बस्छ – कार्यकर्ता ।
यसको भोटर लिस्टमा नाम छ कि छैन ? –नेतृ ।
‘छन त छ तर यो यस्तो घामट मान्छे छ कि कसैले भनेको मान्दैन – कार्यकर्ता ।
यसले काम चै के के गर्छ त – नेत्री ।
बलको काम मजाले गर्छ तर एउटाको भात खान्छ काम चै अर्काको गर्न पुग्छ , केटी र बिहे गरिदिने कुरा गरेपछि जहाँ पनि पुग्छ – कार्यकर्ताले हाँस्दै भन्यो ।
नेत्री बहिरानिर गएर भनिन् , ’ तिमी मसंग विवाह गर्छौ त , बहिराले बुझेनन् ।
तिमी यिनीसंग विवाह गर्छौ त – कार्यकर्ताले हातको इशाराले भन्यो ।
बहिरा औधी खुसी भए ।
नेत्रीले पनि इशारा गरिन्, ‘ मलाई बिहे गरेपछि कहाँ लगेर राख्छौ, के खान दिन्छौ ?’
‘म तिमीलाई घर बनाएर राख्छु , मीठोमीठो खान दिन्छु , गहना पनि बनाइदिन्छु ।’ – बहिराले इशारा गरे ।
‘ल पर्सि चुनाव छ । भोटचाहि भाले चिन्हमा हाल्नु है अनि पछि बिहे गरेर संगै बसौला ल ।’ नेत्रीले मतपत्र देखाउँदै इशारा गरिन र अंगालो हालिन् ।
बहिरा औधी नै रमाए । नेत्री पर पुगुन्जेलसम्म पनि उनी आँखा नझिम्काई हेरिरहेका थियो ।
प्रकाशित: ३१ श्रावण २०७७ ११:०८ शनिबार