८ वैशाख २०८१ शनिबार
कला

चित्रकलामा चासो

प्रज्ञा चापागाईं 

चित्रको न कुनै भाषा हुन्छ न कुनै जात, चित्रले सबै कुरा व्यक्त गरेको हुन्छ । मलाई पनि चित्र बनाउन सार्है नै मन पर्छ । म कहिलेकाही चित्र कोर्ने गर्छु। यो हिजोआजको समय मेरो चित्रकारितालाई अगाडि बढाउने मौकाको रूपमा रहेको छ।विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको त्रासको कारणबाट बाँच्न र बचाउन नेपालमा पनि विगत चैत्र गतेबाट बन्दाबन्दी अर्थात् लकडाउन चलिरहेको  र अहिले नेपाल सरकारले लकडाउनको अवधि सकिएको बताएको छ। तर यो कोरोना भाइरसको संक्रमणको खतरा अझै कायम रहेको विभिन्न माध्यमबाट  सुनिरहेको छौ । त्यसैले हामी घरैमा सुरक्षित बसिरहेका छौ। म घरैभित्र पनि  बसेको करीब चार महिना भैसकेको छ । स्कुल  लगायत सबै कुराहरू बन्द अवस्थामा रहेको छन् । यो अवधिभर मैले विविध कार्यहरू गरेर समयको सदुपयोग गरिरहेको छु।

सबैको आआफ्नो रूचि हुन्छ । मेरो पनि आफ्नो रुचि चित्रकारितामा रहेको छ ।  यो विषम परिस्थितिमा हामी घरभित्र रहिरहनु परेको छ। चाहेर होस् वा नचाहेर जसरी हुन्छ आफ्नो ज्यान जोगाउन पर्दोरहेछ भन्ने कुरा यो अवस्थाले धेरैलाई सिकाइएको जस्तो मलाई लाग्छ  किनकि अरू बेला मान्छे कामबिना पनि हिडेको देखिन्थ्यो  । यो लकडाउनको अवधिमा मैले कोही कतै हिडेको देखिन । त्यसैले सबैलाई आफ्नो ज्यानचाहिँ प्यारो लाग्दो रहेछ।

हिजो, आज, भोलि  दुईचार दिनको मात्र  कुरा नभई यो अवस्था त चार महिनाभन्दा बढी नै हुन लागेको छ। मजस्ता विद्यार्थीहरूले सबैथोक छोडेर घरै बस्नु परेको छ । स्कुल, कलेज सबै बन्द अवस्थामा रहेको छ । त्यसैले घरै बस्ने  समयलाई सदुपयोग गर्दै जानुपर्छ । यो समयमा  पढाइलेखाइसँगै अरूअरू कुराहरू सिक्ने पकाउने, सिलाउने आदि कामहरू गरेर बिताउँदा राम्रो हुन्छ किनकि साधारण अवस्थामा त यति लामो समय घर बस्नै पाइँदैन थियो । त्यो पनि घरका सबै परिवारको साथ  पनि , यो समयलाई अवसरको रूपमा लिएर  मैले विभिन्न प्रकारका क्रियाकलापहरू गरिरहेको छु। मलाई चित्र कोर्न,रङ्ग भर्न मन पर्छ । मैले यो लकडाउनको अवधिमा केही चित्रहरू बनाएको छु। मैले चित्र बनाउँदा  प्रायः चित्रहरू काल्पनिक नै बनाउने गर्दछु ।चित्र त धेरैले कोर्छन् तर रङ्ग भर्ने बेलामा धेरै ध्यान दिनुपर्छ नत्र चित्रको अर्थ पूण हुँदैन। मनमा कुनै तनाव भएको बेला म चित्र बनाउन बस्ने गर्छु । यसबाट मलाई खूब आनन्द प्राप्त हुन्छ ।

भविष्यमा मलाई चित्रकलासम्बन्धी थप अध्ययन गर्ने रुचि  छ । मलाई घरपरिवारबाट पनि सहयोग गरिरहनुहुन्छ । उहाँहरूले आफ्नो रुचि केमा छ त्यो कार्यलाई मन लगाएर गर । अवश्य सफलता मिल्नेछ भनी प्रेरणा दिइरहनुहुन्छ। लकडाउनको समयमा पनि मेरो मामुबाबाले कताबाट खोजी रङ्गहरूको लिएर आइदिनुभएको थियो। मैले बनाएका चित्रहरूलाई मामुले हाम्रो सिटिङ रुममा सजाएर राखिदिनुभएको छ। सबैजनाले मेरो चित्र देखेर तारिफ गर्नु हुन्छ र यसबाट अझ राम्रो गर्दै जाने हौसला ममा बढेको छ।

प्रकाशित: ८ श्रावण २०७७ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App