मोसन पिक्चर आर्टस् एन्ड साइन्सेज एकेडेमीले अर्को वर्ष वितरण गरिने अस्कर अवार्डमा समावेशी मापदण्डको योग्यतालाई प्राथमिकतामा राख्ने भएको छ । ‘अस्कर सो ह्वायट’ विवाद नदोहोरिन दिन एकेडेमीले जुलाईसम्ममा नयाँ प्रतिनिधित्व र समावेशी मापदण्डको विकास र कार्यान्वयन गर्न विशेष समिति गठन गर्दैछ ।
बिहीबार सो उपायलाई गभर्नरहरूको बोर्डको जुम बैठकमार्फत अनुमोदन गरेका थिए । ‘जब एकेडेमीले यस विषयलाई प्राथमिकता दिन्छ । बोर्डमा समान अवसरहरू सुनिश्चित गर्न अझ धेरै काम गर्नुपर्ने बाँकी छ भन्ने कुरा हामीलाई थाहा छ,’ एकेडेमीका सिईओ डुन हडसनले विज्ञप्तिमार्फत भने, ‘यस मुद्दालाई सम्बोधन गर्नु जरुरी छ । यसका लागि हामीले नियमहरू संशोधन गर्ने काम जारी राखेका छौं ।’
एकेडेमीका अध्यक्ष डेभिड रुबिनले एकेडेमीका विभिन्न समितिका सदस्य र गभर्नरहरूसँगको छलफल जारी रहेको छ । ‘एकेडेमी नेतृत्व र हाम्रो बोर्ड हरेक वर्ष आयोजना हुने अवार्डदेखि विभिन्न समिति र कार्यक्रममा समावेशीलाई सुनिश्चित गर्न प्रतिबद्ध छौं,’ उनले भने ।
मोसन पिक्चर आर्टस् एन्ड साइन्सेज एकेडेमीले अर्को वर्ष वितरण गरिने अस्कर अवार्डमा समावेशी मापदण्डको योग्यतालाई प्राथमिकतामा राख्ने भएको छ । ‘अस्कर सो ह्वायट’ विवाद नदोहोरिन दिन एकेडेमीले जुलाईसम्ममा नयाँ प्रतिनिधित्व र समावेशी मापदण्डको विकास र कार्यान्वयन गर्न विशेष समिति गठन गर्दैछ ।
बोर्ड बैठकले अस्करमा विविधतालाई प्राथमिकता दिन अन्य निर्णयहरू गरेको थियो । ९४ औं अस्कर समारोहमा १० वटा राम्रा फिल्मका मनोनितहरूलाई समावेशी मापदण्डको ग्यारेन्टी एकेडेमीले गरेको छ । अस्करमा फिल्महरूको विविधतालाई प्राथमिकता दिन एकेडेमीको उच्च सम्मान प्रदान गर्ने भएको हो । त्यस्तै अस्करको लागि एकेडेमीले स्ट्रिमिङ साइटमार्फत ‘त्रैमासिक अवलोकन प्रक्रिया’ कार्यान्वयन गर्दैछ ।
सदस्यहरूलाई वर्षभरी रिलिज गरिएको फिल्महरू हेर्नका लागिएकेडेमीले प्रत्येक फिल्मको प्रदर्शनी फराकिलो पार्ने र योग्य फिल्महरूको मतदान सदस्यहरूले देख्न सक्ने कुरा सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
कोरोना भाइरस महामारीको जोखिम कम गर्न फिल्मसम्बन्धी गतिविधिहरू रोकिएपछि फिल्महरू अनलाइनमार्फत रिलिज हुने क्रम बढेसँगै अस्करको तालिकामा असर पार्ने भएको छ ।
गत अप्रिलमा एकेडेमीले अस्करको योग्यतामा अस्थायी परिवर्तनहरूको घोषणा गरेर फिल्म हलमा रिलिज हुन नसकेका फिल्महरूलाई प्रतिस्पर्धाको लागि मान्यता दिने जनाएको थियो । त्यसअघि डिसेम्बर ३१ भन्दाअघि फिल्म हलहरूमा प्रदर्शन भएका फिल्महरू प्रतिस्र्धाका लागि योग्य हुने नियम थियो । अस्कर स्थगन भएसँगै योग्यताको लागि अन्तिम म्याद समेत परिवर्तन हुन सक्दछ ।
प्रकाशित: ३१ जेष्ठ २०७७ ०८:०७ शनिबार