४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

मजदुरको परिवारलाई क्याट्रिना कैफको सहयोग

कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामको लागि सरकारले लकडाउन गरेपछि रोजगारी गुमाएका दैनिक ज्यालादारी मजदुरहरुलाई अभिनेता क्याट्रिना कैफले सहयोग गर्ने घोषणा गरेकी छिन्। मंगलबार सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै उनले महाराष्ट्रको भण्डारा जिल्ला वरपरका रहेका ज्यालादारी मजदुरहरुको परिवारलाई सहयोग गर्ने घोषणा गरेकी थिइन्।  

अभिनेता कैफले उनको कस्मेटिक ब्रान्डले के ब्युटीले महाराष्ट्रको भण्डारा जिल्लामा रहेका दैनिक ज्यालादारी कामदारहरुलाई सहयोग गर्नेछिन्।‘के ब्युटी र देहात फाउन्डेसनले फेरिसाझेदारी गर्दैछन्,’ उनले भिडियोको क्याप्सनमा लेखेकी थिइन्, ‘हामीले सहकार्य गरेर महाराष्ट्रको भण्डारा जिल्ला वरपरका गाउँहरुमा बस्ने ज्यालादारी कामदानहरुका परिवारलाई खाना र आधारभूत सेनेटरी सामग्रीसहितसहयोग पु¥याउने भएका छौं।’उनले फ्यानहरुलाई योगदान गर्न आग्रह गरेकी थिइन्।  

कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएसँगै अभिनेत्री कैफले महिलाहरूलाई सिपमूलक रोजगारी प्रदान गरिरहेकी छिन्। ‘यस पहलबाट हामीले दैनिक ज्यालादारी मजदुरहरूको परिवारलाई खाना र स्वास्थ्य सुविधा उपलब्ध गराइरहेका छौं,’उनले भनिन्, ‘हरेक दिन आठ जनाको टोली त्यहाँका मानिसहरूमाझ पुगेर दैनिक सामग्री वितरण गरिरहेका छन्। त्यस्तै हामी महिलाको रोजगारीमा केन्द्रित भइरहेको छु। त्यहाँका प्रत्येक महिलालाई १० मिटर कपडा प्रदान गरेर मास्कहरू तयार गर्न सिकाईरहेका छौं। सो माक्स उनीहरूले आफ्नै बिक्रीमा बिक्री गरेर आम्दानी गर्न लागिपरेका छन्। त्यसले उनीहरूलाई कामको अवसरसहितलकडाउनमा समेत व्यस्त राखेर सक्षम बनाइरहेको छ।’

प्रकाशित: २९ जेष्ठ २०७७ ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App