१६ चैत्र २०८० शुक्रबार
कला

पूर्वयुवराज्ञी हिमानी शाह नाचेको टिकटक भिडियो भाइरल हुँदै

पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरीसँग नाचेको भिडियो टिकटकमा देखिएपछि सामाजिक सञ्जालमा भाइरल भइरहेकी छ । उनी दुई छोरी पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटकका भिडियोमा गायक सबिन राईको ‘गुँरासको फेदमुनि’ गीतमा नृत्य गरिरहेको देखिन्छ ।  

सो भिडियो उनी जेठी छोरी पूर्णिकाको टिकटक अकाउन्टबाट अपलोड गरिएको थियो । ‘हामीले जे पाएका छौं । त्यो सबै आमाबाट पाएका छौं,’ भिडियोको क्याप्सनमा लेखिएको थियो, ‘साँच्चै हामीले अद्भुत आमा पाएका छौं ।’ पूर्णिका सामाजिक सञ्जालमा सक्रिय छिन् । पूर्वयुवराज पारस शाहले समेत सो भिडियो सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका थिए । मंगलबारसम्म सो भिडियोलाई २० हजार हाराहारीले लाइक गरिसकेका छन् भने दुई हजारले सेयर गरेका थिए ।  

पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरी पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग गायक सबिन राईको ‘गुँरासको फेदमुनि’ गीतमा नाचेको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकी छ । जेठी छोरी पूर्णिका शाहको टिकटक अकाउन्टबाट अपलोड गरिएको सो भिडियोलाई पूर्वयुवराज पारस शाहले फेसबुकमा सेयर गरेका थिए ।

अध्ययनको लागि थाइल्यान्डमा रहेका छोरीहरुलाई भेट्न पुगेकी पूर्वयुवराज्ञी शाह कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएपछि उतै अड्किएकी छिन् । यसअघि उनी कान्छी छोरी कृतिकाको टिकटक अकाउन्टबाट अपलोड भएका ‘जसो गर जे भन’ र अर्को अंग्रेजी गीतमा उनी नृत्य गर्दै देखिएकी थिइन् ।  

केही दिनअघि कलाकार मदनकृष्ण श्रेष्ठले नाचेको टिकटक भिडियो भाइरल भएको थियो । संसारभर टिकटकका ८० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेका छन् । मिमी, गीत र छोटो कमेडी भिडियोका कारण टिकटक चर्चित छन् । विभिन्न गीतका भिडियो यसमा हेर्न सकिन्छ । नेपाली युवा पुस्तामाझ लोकप्रिय हुँदै गएको टिकटक एपमा विभिन्न सेलिब्रेटीको नक्कल गर्ने जमात धेरै छन् ।

प्रकाशित: २७ जेष्ठ २०७७ २३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App