७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

‘डाक्टर पाइलट्स’ को कमब्याक

नेपाली सांगीतिक ब्यान्ड ‘डाक्टर पाइलट्स’ ले सांगीतिक क्षेत्रमा कमब्याक गरेको छ। आइतबार ब्यान्डले आफ्नो सामाजिक सञ्जालमार्फत ‘सरकारी जागिर’ गीत गाउँदै सांगीतिक क्षेत्रमा कमब्याक गरेको घोषणा गरेको थियो।  

‘डाक्टर पाइलट्स’ ब्यान्डले आफ्नो चर्चित ‘सरकारी जागिर’ गीत लिएर सांगीतिक क्षेत्रमा कमब्याक गरेका हुन्।गायक क्रान्ति आलेले कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन भइरहेको अवस्थामा श्रोता तथा दर्शकहरूलाई मनोरञ्जन दिएर ब्यान्डले सांगीतिक क्षेत्रमा कमब्याक गरेको घोषणा गरेका थिए। ‘कोरोना भाइरस महामारीले निराश र तनावमा रहेका सबैलाई मनोरञ्जन दिन हामी फेरि एकजुट भएका छौं,’ उनले भनेका थिए, ‘ब्यान्डले सांगीतिक यात्रालाई निरन्तरता दिने भएको छ।’

विसं. २०५२ सालमा स्थापित ‘डाक्टर पाइलट्स’ ब्यान्डले दुई वर्षपछि म्युजिक नेपालमा गीत रेकर्ड गराएका थिए। विसं. २०६० सालमा ब्यान्डको सर्वाधिक बिक्री भएको ‘सरकारी जागिर’ सार्वजनिक भएको थियो। पाँच वटा एल्बम बजारमा ल्याइसकेको ब्यान्डको ‘सरकारी जागिर’ बाहेक ‘ए होइ’ र ‘मनसुन’ लगायत गीतहरू चर्चित भएका थिए। अध्ययनको सिलसिलामा सदस्यहरू विदेशिएसँगै ब्यान्ड निस्क्रिय भएको थियो।  

लकडाउन सदुपयोग गर्दै नेपालसहित अमेरिका, अस्ट्रेलिया, बेलायत र बेल्जियममा रहेका सदस्यहरूले सामाजिक सञ्जालमार्फत गीत प्रस्तुत गर्दै कमब्याक गरेका थिए। ‘ब्यान्डलाई सक्रिय बनाउँदै आगामी दिनमा नयाँ गीतहरू श्रोतामाझ पस्किने तयारी गरिरहेका छौं,’ गायक आलेले भने।

प्रकाशित: २० जेष्ठ २०७७ ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App