२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

विवादमा म्याडोना

गायिका म्याडोना एक फोटोको कारण विवादमा आएकी छिन् । शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरएको फोटो कारण विवाद उत्पन्न भएको छ ।

‘वर्तमान वार्डरोब सिच..’ क्याप्सनसहितको सो फोटोले विवाद उत्पन्न गराएको हो । ‘तपाईंहरूमध्ये जो यस फोटोका कारण अपमानित हुनु भएको छ । मैले सफलतापूर्वक मतलब नदिने विश्वविद्यालयबाट स्नातक गरेको छु भनेर तपाईंलाई भन्न चाहन्छु । समारोहमा आउनु भएकोमा धन्यवाद,’ उनले लेखेकी थिइन् ।  

सो फोटो उनी इन्स्टाग्राममा सक्रिय छिन् भन्नेको उदाहरण हो । उनले इन्स्टाग्राममा ‘क्वारेन्टाइन डायरी’ सिरिजलाई निरन्तरता दिइरहेकी छिन् । जसमार्फत उनले युरोप संस्करण अन्तर्गत पेरिसमा आयोजित ‘म्याडम एक्स’ कन्सर्टको दौरान आफूमा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेकी थिइन् । उनले इन्स्टाग्राममार्फत क्वारेन्टाइन अनुभवबारे जानकारी गराउने क्रममा कोरोना संक्रमण भएको र अहिले स्वस्थ रहेको जानकारी गराएकी थिइन् ।  

‘क्वारेन्टाइन डायरी’ अन्तर्गत भिडियो पोस्ट गर्दै उनले कोरोना भाइरस परीक्षणबारे खुलासा गरेपछि फलोअरहरूले उनको स्वास्थ्यलाई लिएर आइरहेका अफवाहहरूबारे स्पष्टीकरणको माग गरेका थिए । ‘केवल त्यस्ता मानिसहरूका लागि जो भाइरसको प्रकृतिबारे अनुसन्धान गर्नुभन्दा सनसनी हेडलाइन्समा विश्वास गर्छन्,’ उनले लेखेकी थिइन्, ‘म बिमारी छैन भनेर उनीहरूलाई भन्न चाहन्छु ।’

म्याडोनाअघि गायिका पिंक, सार्लोट लरेन्स र साम स्मिथलगायत कलाकारहरू कोरोना भाइरसबाट संक्रमित भएको थिए । उनले कोरोना भाइरसविरुद्ध खोपको विकासका लागि एक मिलियन डलर सहयोग गरेकी थिइन् । कोरोना भाइरस महामारीको बीचमा फ्रान्समा हुने तय भएको ‘म्याडस एक्स’ अन्तर्गतका दुई कन्सर्ट रद्द गरिएको थियो । 

उनले युरोप संस्करणअन्तर्गतको ‘म्याडम एक्स’ कन्सर्ट रद्द भएलगत्तै सामाजिक सञ्जालमा ४५ मिनेटको भिडियो सार्वजनिक गर्दै माफी मागेकी थिइन् । यसअघि ‘म्याडम एक्स’ टुरको दौरान घाइते भएकी उनको उत्तर अमेरिकामा आयोजना हुने भनिएका अन्तिम कन्सर्टहरू रद्द गरिएका थिए ।  

‘म्याडम एक्स’ मा उनी समयनिष्ठ नभएपछि कन्सर्ट निर्धारित समयभन्दा ढिला सुरू भएको आलोचना खेप्नु परेको थियो । सन् २०१७ देखि लगातार पोर्चुगलको लिस्बनमा बस्न थालेकी उनले सो एल्बममा त्यहाँको अनुभूति समेटेकी थिइन् । पोर्चुगलको प्रभाव उनको ‘म्याडोना एक्स’ को संगीतमा परेको थियो। 

उनका अनुसार ‘म्याडम एक्स’ सेक्रेट एजेन्ट हुन् । एल्बम अमेरिकी स्वाद खासै नभएपनि अमेरिकीले उत्तिकै मन पराएका थिए । कोरोना भाइरस महामारीको जोखिम कम गर्न उनको रे अफ लाइट फाउन्डेसन र रेफोरम एलायन्सले कैदीहरूलाई एक लाख सर्जिकल मास्क प्रदान गर्ने घोषणा गरेको थियो ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App