coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

मिस वर्ल्ड टोनी हेलम्बुमा

फाइल तस्बिर

सिन्धुपालचोक - मिस वर्ल्ड टोनी एन सिंह सिन्धुपालचोकको पर्यटकीय गाउँ हेलम्बु आइपुगेकी छन्। मिस नेपाल अनुष्का श्रेष्ठले हेलम्बू गाउँपालिकाको इचोकमा सञ्चालन गरेको परियोजना अवलोकन गर्न नेपाल सुन्दरी अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल शृङ्खला खतिवडासहित टाेनी शुक्रबार बिहानै उनी यहाँ आएकी हुन्।

हेलिकप्टरमार्फत बिहान इचोक गाउँ ओलिएकी टोनीले हेलम्बूमा निर्माणधिन ‘ग्रेट टेल’को अवलोकन समेत गरिन्। मिस वल्ड सहितका पाहुनालाई स्थानीय हेल्मोे समूदायले भव्य स्वागत गरेका थिए। उनले स्थानीयलाई नमस्तेको आदर गरिन्। बालबालिकालाई गाला सुम्सुम्याउँदै हात मिलाउँदा स्थानीयले जोडादर तालिको स्वागत गरे। मिस नेपाल अनुष्काले सञ्चालन गरेको परियोजना बारे जानकारी दिने कार्यक्रममा झण्डै एक घण्टा सहभागिता जनाएर उनी आजै आजै काठमाडौं फर्किने छन्।

प्रकाशित: २३ फाल्गुन २०७६ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App