१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

'थप्पड' चुनौतीपूर्ण फिल्म हो: तापसी पन्नू

मुम्बई (एजेन्सी) – बलिउड अभिनेत्री तापसी पन्नूले ‘थप्पड’ करिअरको सबैभन्दा चुनौतीपूर्ण फिल्म भएको बताएकी छन्। उनका अनुसार ‘थप्पड’ फिल्ममा अमृताको भूमिका कमजोर भएपनि विश्वासयोग्य रहेको छ।

बलिउड अभिनेत्री तापसी पन्नूको फिल्महरू भन्नासाथ साहसी र संघर्षबाट पछि नहट्ने भन्ने परिचित छन्। घरेलु हिंसाको कथामा आधारित ‘थप्पड’ फिल्ममा उनले समाजमा रहेका पुराना मान्यताहरूलाई तोडेर नयाँ धारणालाई स्थापित गर्ने आशा गरेकी छन्। ‘थप्पड मेरो करिअरको सबैभन्दा चुनौतीपूर्ण फिल्म हो। कारण यस फिल्ममा म फायरब्रान्ड कलाकारको भूमिकामा देखिएको छु। हामी फायरब्रान्ड छविलाई हटाउन कोशिस गर्दैछौं। जसले औसत भारतीय महिलाको प्रतिध्वनित गरेर सबै कुरा आफैंमा राख्दै लड्दैन भन्नेमा विश्वास राख्दछ। मेरो भूमिकालाई विश्वास गराउन अमृता विनम्र र कमजोर देखिएकी छन्। जो कठोरपनि छन्,’उनले भनिन्। उनले महिलालाई गरिने अवहेलनाविरुद्ध महिलाहरु मा उभिनुपर्ने बताएकी छन्। आर्थिक रूपले कमजोर महिलालाई हिंसाको विरुद्धमा उभिन कठिन रहेको दाबी उनी गर्छिन्।

अनुभव सिन्हाले निर्देशन गरेको ‘थप्पड’ मा अभिनय गरेकी उनी पछिल्लो समय घरेलु हिंसाविरुद्धको अभियानमा सक्रिय छिन्। ‘मुलुक फिल्मको प्रमोसनको बेला मैले अनुभवलाई घरेलु हिंसाविरुद्धको फिल्ममा काम गर्ने इच्छा सुनाएको थिएँ,’ उनले भनिन्, ‘हाम्रो घरमा घरेलु हिंसा हुँदैन भन्ने मानिसमा अत्याधिक हिंसा हुने गर्छ। यो फिल्ल उनीहरूले हेर्नुपर्छ। कारण सबै किसिमको हिंसा चाहे त्यो एक थप्पड किन नहोस्। त्यो महिलालाई गर्ने दुव्र्यवहारबाट आउँछ।’

प्रकाशित: १२ फाल्गुन २०७६ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App