३ असार २०८१ सोमबार
image/svg+xml
कला

फेसन इन्स्टिच्युटले माफी माग्यो

न्युयोर्क (एजेन्सी) – ‘जातीय’ फेसन सोलाई प्राथमिकता दिएको आरोप लागेको फेसन इन्स्टिच्युट अफ टेक्नोलोजीले माफी मागेको छ। रनवे सोमा डिजाइनर जुन्काई होआंगले तयार गरेको ठूला कृत्रिम (प्रोस्थोटिक्स) कान, ओठ र आँखीभौंसहितका डिजाइनमा लगाएका मोडलहरू प्रस्तुत भएका थिए।

गत साता जातीय भेदभावयुक्त रनवेको आयोजना गरेको आरोप लागेपछि फेसन इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्रमुखले माफी मागेकी छन्। न्यूयोर्कमा एमएफए कार्यक्रमअन्तर्गतको रनवेमा सहभागी मोडलहरू ठूला कृत्रिम (प्रोस्थोटिक्स) कान, ओठ र आँखीभौंसहितका डिजाइनमा लगाएका -याम्पमा देखिएका थिए।

फेसन इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्रमुख जोइस एफ ब्राउनले खुला पत्र लेख्दै उल्लेख गरेकी छन्, ‘हालै आयोजना भएको रनवेमा प्रस्तुत गरिएका डिजाइनर कलेक्सनहरूले रचनात्मक रूपमा नयाँपन दिन केन्द्रित भएका थिए। तर, रनवेको रचनात्मक शैलीको प्रस्तुतले जातीय सद्भावमा असर पुगेकोमा हामी माफी चाहन्छौं।’

डिजाइनर जुन्काई होआंग फेसन इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्व विद्यार्थी हुन्। ‘यो मेरो स्थान हो। केही व्यक्तिको आवाज उत्तेजक भएपनि मानिसहरू डराउँदैनन्। सबै विद्यार्थीलाई सुरक्षित ठाउँ र स्वतन्त्रताको अधिकार लिन र उनीहरूको आवाज विकास गर्न स्वतन्त्र हुनुपर्दछ। म शिक्षाको वातावरण सिर्जना गर्न गम्भीर प्रतिबद्ध छु, ब्राउनले लेखेकी छन्, ‘कुनै त्रुटीको लागि स्थान छैन्, जुन वर्णवाद, होमोफोबिया, धार्मिक असहिष्णुता वा कुनै अन्य प्रकारको कट्टरपन्थीको रूपमा व्याख्या गर्न सकिन्छ।’

मोडेल एमी लेफेवरले सो डिजाइन लगाउन अस्वीकार गरेको बताएकी छन्। ‘मलाई सो कलेक्सन लगाउन सबैले दबाब दिइरहेका थिए। कर्मचारीहरूले असहज महसुस गराइरहेका थिए। उनीहरूले स्पष्ट रूपमा जातिवादीलाई प्राथमिकता दिएका थिए,’ उनले भनिन्।

प्रकाशित: ९ फाल्गुन २०७६ ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App