२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘दासढुंगा २ प्रति सरकारले आपत्ति जनाउनु गलत’

काठमाडौं – चलचित्र विकास बोर्डले फिल्म निर्माणको इजाजत पत्र नदिँदा १० वर्षअघि बनेको ‘दासढुंगा’ फिल्मको सिक्वेल ‘दासढुंगा २’ ले सुटिङ सुरु गर्न सकेको छैन।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जिवराज आश्रितको दासढुंगामा भएको जिप दुर्घटनामा केन्द्रित राजनीतिक पृष्ठभूमिमा आधारित सो फिल्म पूर्वजाँच (प्रिसेन्सर)को सिकार भएपनि निर्देशक कुमार भट्टराई अन्यौलमा छन्।

‘तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जिवराज आश्रितको विसं. २०५० जेठ ३ मा चितवनको दासढुंगामा भएको जिप दुर्घटनाको कथा समेटिएको ‘दासढुंगा २’ फिल्मले विगत १० देखि निर्माण अनुमति पाउन संघर्ष गरिरहेका छौं। फिल्मसम्बन्धि संस्था र फिल्मकर्मीको साथ नपाउँदा एक्लै दुःख सहेर संघर्ष गरिरहेको छु,’ उनले भने,‘दासढुंगा २ बन्नेमा आशावादी छु।

बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईले फिल्मको कथाका विषयमा प्रतिक्रिया लिन फिल्मको डकुमेन्ट मदन भण्डारी प्रतिष्ठान पठाएको जानकारी गराएका थिए। प्रतिष्ठान सकारात्मक नभएको भन्दै बोर्डले फिल्म निर्माणको अनुमति दिएको छैन्।

सेन्सरको नामका सरकारले फिल्मकर्मीलाई अनावश्यक दुःख दिनु गलत भएको तर्क फिल्म निर्देशक नवीन सुब्बाले गरेका छन्। ‘नेपालमा पुस्तक र गीत संगीतमा सेन्सरको प्रावधान छैन। तर सिर्जनात्मक मानिने फिल्म बनाउन सरकारले रोक लगाउन खोज्नु आश्चर्य लाग्ने कुरा हो। सरकार फिल्महरूप्रति निरंकुस बन्दै गएको छ,’ उनले भने, ‘दासढुंगा सिक्वेल बनाउँदा सरकारलाई किन आपत्ति भयो ?’ सरकारले फिल्ममा अवरोध गर्नुको सट्टा फिल्मकर्मीको भावना बुझ्नु जरुरी रहेको तर्क गरे।

नेपालको सन्दर्भमा चर्चित व्यक्तित्वहरूको फिल्म बन्न जरुरी रहेको उनले बताए। ‘ दासढुंगा सिक्वेललाई इजाजत नदिएर सरकारले अन्य फिल्मकर्मीलाई तर्साइरहेको छ। फिल्मकर्मीहरूले यसलाई गम्भीर रूपमा लिएर आवाज उठाउनु जरुरी रहेको छ,’ उनले भने।

‘दासढुंगा’ फिल्मका निर्देशक मनोज पन्डित ‘दासढुंगा २’ लाई इजाजत पत्र नदिएर अन्य फिल्ममेकरलाई समेत तर्काउन खोजेको तर्क गरे। ‘दासढुंगा २ लाई इजाजत पत्र नदिनु गलत हो। यसको आडमा सिर्जनात्मक फिल्ममेकरहरूको सिर्जनात्मक स्वतन्त्रतालाई रोक्न सरकार लागिपरेको छ। फिल्मकर्मीहरू एकजुट भएर यस विषयमा गम्भीर हुन नसकेको भोलिका दिनमा सबै यसको सिकार हुनेछन्,’ उनले भने।

प्रकाशित: ९ फाल्गुन २०७६ ०४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App