७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु

बागलुङ – गलकोट नगरपालिका ५ को टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु भएको छ। गलकोट कला प्रतिष्ठानद्वारा आयोजित कार्यशालाको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका थिए।

कार्यशालाको उद्घाटन गर्दै उनले कलाका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको परिचय थपिएको बताए। ‘१० देशका अन्तर्राष्ट्रिय मूर्तिकारहरूले नेपालको परिचयलाई थप स्थापित गर्नेछन्। पर्यटन प्रवद्र्धनका निम्ति यो कार्यशालाको महŒव छ,’ उनले भने।

आगामी फागन २१ सम्म चल्ने कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी छन्। अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला संग्रहालय तथा अनुसन्धान केन्द्र स्थापनाको लागि कार्यशालाको आयोजना गरिएको कार्यशाला संयोजक ओम खत्रीले बताए। ‘अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएका मूर्तिकारहरूले तयार गरेको मूर्तिकला संग्रहालय बनाएर राख्ने छ,’ उनले भने।

कार्यशालामा जुन इचिरो सुगीमोतो (जापान), लिउ याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोंजालेज (फ्रान्स), लिन ली जेन (ताइवान), जुली ग्ल्यास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमिंगर (इजरायल), जर्जलुइज (ब्राजिल), युक्रेनका मूर्तिकार ल्युड्मे र नेपालबाट ओम खत्रीसहित प्रवीणकुमार श्रेष्ठ, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटे सहभागी भएका छन्। कार्यशाला कलाकारहरूले संस्कृतिमा आधारित मूर्ति तयार गर्नेछन्।

प्रकाशित: ७ फाल्गुन २०७६ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App