१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

पन्ध्र कलाकारले मूर्ति बनाउने

काठमाडौं – बागलुङको गलकोटमा अन्तर्राष्ट्रियस्तरको मूर्तिकला कार्यशाला हुने भएको छ। आगामी फागुन ५ बाट सुरु हुने अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको अन्तिम तयारी अन्तिम चरणमा पुगेको जानकारी महोत्सव संयोजक ओम खत्रीले दिए।

‘स्थानीयहरूले प्रतिष्ठानलाई उपलब्ध गराएको जग्गामा कार्यशालाको तयारी गरिरहेका छौं। सो जग्गामा विभिन्न संरचना बन्नेक्रम अन्तिम चरणमा पुगिसकेको छ। त्यसबाहेक स्थानीयहरूलाई सहभागी गराउन घरदैलो कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौं,’उनले भने। कार्यशालाको लागि एक करोड ४१ लाख खर्च हुने उनले बताए। अन्तर्राष्ट्रियस्तरको मूर्तिकला संग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने कार्यशालाको आयोजना गरिएको जानकारी उनले गराए। ‘गलकोटलाई पर्यटकीयस्थलको रूपमा विकास गरिरहेको अवस्थामा अन्तर्राष्ट्रियस्तरको मूर्तिकला संग्रहालय बनाउन लागिपरेका छौं। मूर्तिकारहरूले कार्यशालामा सहभागी भएर तयार गरेको विभिन्न मूर्तिहरू संग्रहालय राखिनेछ।’ उनले भने।

गलकोट कला प्रतिष्ठानले आयोजना गर्ने कार्यशाला आगामी माघ २१ सम्म सञ्चालन हुनेछ। कार्यशालालाई आवश्यक मूर्ति कुँद्न योग्य ढुंगा स्थानीय स्रोतबाट संकलन गरिरहेको उनले जानकारी गराए।

कार्यशालामा स्वदेशी र विदेशीसहित १५ मूर्तिकार सहभागी हुँदैछन्। कार्यशालामा नेपालबाट मूर्तिकार ओम खत्री, राजन काफ्ले, राजु पिथाकोटे, प्रविणकुमार श्रेष्ठ र बुद्ध चौधरी सहभागी हुनेछन्। त्यस्तै विदेशी मूर्तिकार ल्यूड्मेल म्युस्को, जुली ग्ल्यास्पी, लिन लि जेन, टुटु पटानायक, जुन इचिरो सुगीमोतो र तान्या प्रिमिगंरलगायत सहभागी हुनेछन्। कार्यशालामा जापान, चीन, इटाली, युक्रेन, क्यानडा, फ्रान्स, भारत, ब्राजिल र इजरायललगायत देशका मूर्तिकारहरू सहभागी हुँदैछन्।

प्रकाशित: १६ माघ २०७६ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App