काठमाडौं - ‘हिमाल, पहाड र तराई म। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएकी म। मेरो भूमि लुटिएको छ। नेपाल आमा भएर म चुपचाप बस्न सक्दिन्,’ जलमस्थित राष्ट्रिय नाचघरको मञ्चमा एक पात्र भन्दै थिइन्, ‘कालापानी, लिपुलेक र सुस्ता खै ?
किशोर अनुरागले निर्देशन गरेको ‘जंगे पिल्लर’ नाटककी ती पात्र भारतले गरेको नेपालको सीमा अतिक्रमणमाथि आवाज बुलन्द पारिरहेकी थिइन्। सीमा विवादमाथि बनेको यो नाटकमा नेपालीको पीडा र सरकारको लाचारितामाथि व्यंग्य गरिएको छ।
नाटकमा आफ्नो घरजग्गा भारतले अतिक्रमण गर्दा ‘गौतमे’ पात्र पागल भएको छन्। भोकले रन्थनिएका उनी आफ्नो जग्गाको भारतले लुटेपछि भौतारिएको छन्। सुस्ताको परिवेशलाई आधार बनाएर मञ्चन गरिएकको नाटकमा सो पात्र जग्गाको लालपुर्जा आश्रय खोजिरहेका देखिन्छन्। नाटकमा विभिन्न पात्रको दर्दनाक अवस्थालाई चित्रण गरिएको छ।
नेपाललाई सीमा अतिक्रमणबाट जोगाउन सरकारको ढोका ढकढक्याउन पुगेका सुस्तावासीको आवाज नसुनेपछि उनीहरू सुस्ताको जंगे पिलर जोगाउन लागि परेका छन्। ‘मैले यो नाटक गर्छु भनेर कहिल्यै सोचेको थिइनँ । म विसं. २०६६ सालतिर भौ सुस्ता पुग्दा माटोको मायाको महŒव बुझ्ने मौका मिल्यो।
त्यहाँ रहेका नेपालीहरू भारतीयको ज्यादती सहेर बसेका रहेछन्। सुस्तावासी भनिरहेका थिए, भारतले हाम्रो भूमि मिचिरहेको छ । सिंगै गाउँ भारतले कब्जा गरेको उनीहरूको गुनासोमा आधारित रहेर यो नाटक लेखेँ,’ निर्देशक किशोर अनुरागले भने। उनले विसं. २०६७ सालमा यो नाटक राष्ट्रिय नाचघरमा प्रदर्शन गरेका थिए। हालसम्म पाँच पटक मञ्चन भइसकेको यो नाटक सीमा विवादको कारण सान्दर्भिक छ ।
नाटकमा निर्देशक अनुरागसहित रामभजन कामद, अशोक सिवाकोटी, पुष्पराज अवस्थी, ज्योति पोखरेल, मधु राई र मलिना सुलदास लगायतका कलाकारले अभिनय गरेका थिए।
प्रकाशित: ११ पुस २०७६ ०१:४४ शुक्रबार