१५ असार २०८१ शनिबार
image/svg+xml
कला

नेपथ्यले मञ्चबाट गर्‍यो सुक गुरुङको बिदाइ

मेलबर्न (अस्ट्रेलिया) – गीतकार सुक गुरुङको निधनपछि नेपाली सांगीतिक ब्यान्ड नेपथ्यले उनलाई मञ्चबाट श्रद्धान्जली अर्पण गरेको छ।

हाल अस्ट्रेलियाको सांगीतिक टूरमा रहेको नेपथ्यले सोमबार मेलबर्नस्थित द पाम एट क्राउनको मञ्चमार्फत ‘भेंडाको ऊनजस्तो’ गीत सुनाउएलगत्तै गायक अमृत गुरुङले भने, ‘नेपथ्यले एउटा साथी गुमाएको छ। एउटा यस्तो संगीतकर्मी साथी जसले हामीलाई पहिलो हिट गीत छेक्यो छेक्यो दिएका थिए। म सुक गुरुङको सम्झनामा यसै मञ्चबाट हाम्रो हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु। उनको आत्मालाई शान्ति मिलोस्।’

मृगौला रोगले पीडित गीतकार गुरुङको आइतबार निधन भएको थियो। यो खबर थाहा पाउनेबित्तिकै गायक गुरुङले सामाजिक सञ्जालमा शोक प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए। ‘हामी बीचको अन्तिम भेटलाई यो तस्बिरले समेटेको छ,’ गायक गुरुङले भने, ‘संगीतकार दाइ विक्रम गुरुङ र म उनलाई भेट्न गत अगस्त २६ तारिख पुगेको बेलाको यो तस्बिर नै अन्तिम चिनो बनेको छ। हार्दिक श्रद्धान्जली सुक गुरुङ।’

नेपथ्यले गीतकार गुरुङद्वारा लिखित ‘छेक्यो छेक्यो’ गीत प्रस्तुत गरेको थियो। हलमा उपस्थित दर्शकले गायक गुरुङसँगै सो गीत गाएर थिए।

त्यसपछि नेपथ्यको कन्सर्ट नियमित सूची अनुसार अघि बढेको थियो। ‘तालको पानी’ गाउँदाको क्षण हलभित्रको दर्शक उत्साह उत्कर्षमा पुगेको देखिन्थ्यो। हलभित्र भर्खरै पढ्नका निम्ति आएका विद्यार्थीदेखि लिएर यहाँ व्यवसाय गरी बस्ने फरक–फरक पेसामा आवद्ध व्यापारीहरुको जमघट देखिन्थ्यो। उनले दर्शकहरुलाई नेपालको भ्रमण गर्न र यसका अथाह सुन्दरताको थप उत्खनन् गर्न आव्हानसमेत गरेका थिए। उनलाई

स्टेजमा सँधैझैं ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गिटारमा सुविन शाक्य र निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

मेलबर्नको प्रस्तुति सकिएसँगै नेपथ्यको यस वर्षको श्रृंखलावद्ध अस्ट्रेलिया यात्रा सम्पन्न भएको छ। ब्यान्डको यो पाँचौं अस्ट्रेलिया यात्रा थियो। नेपथ्यको यो संगीत यात्रा गत नोभेम्बर १९ तारिख ब्रिसबेनबाट सुरु गरेर डार्बिन, एडिलेड, होबार्ट, सिड्नी हुँदै मेलवर्नमा आएर सम्पन्न भएको थियो।

प्रकाशित: ९ पुस २०७६ ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App