१५ असार २०८१ शनिबार
image/svg+xml
कला

दुबईमा गुन्जिँदै नेपथ्य

काठमाडौं- नेपालको लोकप्रिय लोकरक ब्यान्ड नेपथ्य आउँदो मार्च १९ तारिक दुबई शहरमा गुन्जिने भएको छ। ब्यान्ड स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा विश्वभर सांगितिक यात्रामा हिडिरहेको नेपथ्य दुबईको करामास्थित अल नासर लेजरल्याण्डको हलमा गुन्जिने भएको हो।

भारत, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङ लगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको नेपथ्य दोश्रो पटक दुबई जान लागेको हो। ब्याण्डका प्रमुख गायक अमृत गुरुङको संयोजनमा १० सदस्य टोली दुबई जाने तयारी छ।

दुबईस्थित एभरेष्ट मिडियाले व्यवस्थापन गरेको कार्यक्रममा नेपथ्यले ‘रेशम’, ‘तालको पानी’, ‘रातो र चन्द्र सूर्जे...’, ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’लगायत बोलका आफ्नो लोकप्रिय गीतहरु दर्शकमाझ सुनाउनेछन्।

कन्सर्टमा स्वदेशी तथा विदेशी गरी तीन हजारभन्दा बढी दर्शक ल्याउने तयारी अनुसार प्रचारप्रसार भइरहेको दुबईस्थित आयोजकका रमेश ढकालले जानकारी दिए।

प्रकाशित: १७ फाल्गुन २०७५ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App