मुम्बई – बलिउड नायिका जाह्नवी कपुरले सन् २०१८ मा फिल्म ‘धड्क’बाट फिल्मी अभिनयमा पाइला चालिन्। पहिलो फिल्मबाट उनी फिल्म उद्योगमा छाइन्। हालका दिनमा उनी भारतीय एयरफोर्सकी पाइलट गुन्जन सक्सेनाको बायोपिकमा व्यस्त छिन्। उनको हातमा करण जोहारको मल्टीस्टारर फिल्म ‘तख्त’ पनि छ। यो फिल्मको छायांकन केही प्राविधिक कारणले ढिलो भइरहेको छ। त्यसकारण पनि उनी आफ्नो ध्यान गुन्जनको बायोपिकतिर दिइरहेकी छन्।
जाह्नवी आफूलाई चरित्रमा ढाल्नका लागि कडा मेहनत गरिरहेकी छन्। ‘जाह्नवी फिल्मका लागि आफ्नो वजन बढाइरहेकी छन्। फिल्मको सुटिङ फेब्रुअरी वा मार्चबाट सुरु हुनेछ’, जाह्नवी निकट एक आफन्तले भने, ‘चरित्रलाई व्यवहारमा उतार्नका लागि उनले आफ्नो तौला ६ देखि ७ किलो बढाउनेछिन्। यो काम जाह्नवीका लागि निकै चुनौतिपूर्ण हुनेछ। किनकी उनी फिटनेस र डाइटका विषयमा निकै कन्सियस् छिन्।’
केही समय अघि मात्र जाह्नवीले इन्स्टाग्राममा गुञ्जन सक्सेनाको गेटअपवाला तस्बिर भाइरल भएको थियो। तस्बिरमा उनी पाइलटको पहिरनमा देखिएकी थिइन्। गुन्जनकै जस्तो जाह्नवीले पनि टाउकोमा पछाडितिर हेयरबन राखेकी छन्। फस्टलुकमा जाह्नवी इम्प्रेसिभ देखिएकी थिइन्।
गुन्जन पहिलो महिला आइएएफ पाइलट हुन्। उनले सन् १९९९ को कारगिल युद्धपछि घाइते भारतीय सैनिकलाई युद्धभूमिमा पुगेर उद्धार गरेकी थिइन्। बिना हतियार पाकिस्तानी सेनाको सामना गरेकी थिइन्। गुन्जनलाई तत्कालिन सरकारले सौर्य चक्रको सम्मान दिएको थियो। उनी यो पुरस्कार लिने पहिलो महिला पनि हुन्। उनले दिल्लीको हंसराज कलेजबाट ग्राजुएसन गरेकी थिइन्। यो पछि उनले आइएएफको पहिलो महिला ट्रेनी पाइलटको बेन्चमा बस्ने मौका पाएकी थिइन्।
प्रकाशित: १६ माघ २०७५ ०३:२९ बुधबार