११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

पुरानो जीवनबारे आफ्ना बच्चालाई के भन्लिन् सनी लियोनी ?

मुम्वई- सनी लियोनीको जीवनमा बनेको 'वेब-सीरीज' करनजीत कौर को ट्रेलरमा एक पत्रकारले उनसँग प्रश्न गर्छन्, 'वेश्या र पोर्न स्टारबीच के फरक हुन्छ ?' जवाफमा सनी लियोनी भन्छिन्, 'एक समानता छ- गट्स।' 'गट्स' अर्थात हिम्मत।

करनजीत कौरको लागि पत्रकारका साथ अन्तर्वार्ताको सीन सुट गर्न निकै मुस्किल रहेको समेत उनले बीबीसीलाई बताएकी छन्। सनीले भनेकी छन्, 'मलाई निकै असहज लाग्यो। किन भने यो किनै खराब प्रश्न थियो। तर हामीले यो प्रश्न राख्यौं किन भने मानिसको मनमा यो सवाल थियो र यसको जवाफ दिन चाहन्थे।'

सनी लियोनी पछिल्ला पाँच वर्षमा भारतमा सबैभन्दा धेरै 'गुगल' गरिएको नाम हो। मानिस उनलाई देख्न चाहन्छन्, उनको बारेमा जान्न चाहन्छन् तर उनको बारे पहिले नै मानिसहरुमा एउटा धारणा बनिसकेको छ। सनीले यो कुरालाई समेत स्वीकार गर्छिन्। आफन्नो बारे एक समान धारणा बन्नुको कारण उनी आफै हुन्।

'मेरो सोच र आफ्नो जीन्दगीको बारेमा म एकदम पारदर्सी छु तर यसमा मेरो कुनै गल्ती छैन', उनी भन्छिन्,'मानिस मेरो पुरानो कुरा जोडेर हेर्छन्। समयका साथ म बदलिएकी छु। आशा छ मानिसले मेरो बदलावलाई पनि बुझ्ने छन्।'

सनीलाई आफ्नो पुरानो जीवनबारे सन्तानलाई भन्न सक्नुहुन्छ भनेर बीबीसीले प्रश्न समेत गरेको छ। सनीले यो सवाल मन नपराए पनि समय आएपछि सच्चाई राख्ने बताएकी छन्।

प्रकाशित: ५ भाद्र २०७५ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App