१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

लभस्टोरी, म्युजिकल थ्रिलर र एक्सन

काठमाडौं– गत जेठमा फिल्म प्रदर्शक र निर्माताबीचको आन्दोलनको हल्लाले सुस्ताएको फिल्म रिलिजको माहोल असार र साउनमा निकै तातेको छ।

जेठको समयमा सातामा एकदेखि दुईवटासम्म फिल्म रिलिज भइरहँदा त्यसयता सातामै तीनदेखि चारवटा फिल्म रिलिजको शृंखला चलिरहेको छ । यही क्रमलाई निरन्तरता दिँदै शुक्रबारबाट ‘रोमियो एन्ड मुना’, ‘चि मुसी चि’    र ‘सुकुलगुन्डा’ रिलिज हुँदैछन्।

नरेशकुमार केसी निर्देशित फिल्म ‘रोमियो एन्ड मुना’मा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ प्रमुख भूमिकामा छन्। चित्रकलामा रुचि राख्ने ग्रामीण युवती सृष्टि र आधुनिक जीवनमा रमाइरहेका विनयको प्रेमकथा समेटिएको फिल्मले फिल्म सेन्सर बोर्डबाट ‘पिजी’ प्रमाण पत्र पाइसकेको छ । यो फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिका अभिभावकका साथ हलमा जानुपर्ने हुन्छ।

निर्देशक केसीका अनुसार फिल्ममा राक्षसलाई एउटा बिम्बका रुपमा प्रयोग गरिएको छ । फिल्ममा प्रज्वल सुजल गिरी, सुष्मा कार्की र सुरक्षा पन्तको पनि अभिनय रहेको प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य निर्माता रहेको फिल्ममा लोकेन्द्र बज्राचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिस क्षेत्री, कालीप्रसाद बास्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनेशा वान्तवा राई र राजिव समरको कोरियोग्राफी, दिपंकर सिग्देर र बाबु श्रेष्ठको छायांकन, निर्देशक केसीको पटकथा र केसी तथा निरज महर्जनको संवाद छ ।त्यस्तै, म्युजिकल थ्रिलर जानरामा निर्माण भएको फिल्म ‘चि मुसी चि’मा दिनेश श्रेष्ठको निर्देशन छ । दिनेशकै लेखन रहेको फिल्ममा सुनिल क्षेत्री, अलिशा शर्मा र सुशान्त कार्की, कमली वाइवा, शिवराज कार्की, शेखर अधिकारीलगायतको अभिनय छ।

अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुबास भूर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् । फिल्ममा अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता, सुरज अधिकारीको संगीत, सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी, बासु न्यौपानेको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन छ ।निर्माणको लामो समयपछि फिल्म ‘सुकुलगुन्डा’ प्रदर्शनमा आउन लागेको हो । मधुसुदन भट्टराईको निर्देशन रहेको फिल्ममा जीवन लुइटेल, खुश्बु खड्का, श्रीदेव भट्टराई, सुशिल पोखरेल, राजकुमार शाह, रामचन्द्र अधिकारी, संजय कार्की, रश्मी भट्ट, रमेश बस्नेत, शान्ती थापा, इन्द्र श्रेष्ठलगायतका कलाकारको अभिनय छ।

अभावै अभावमा हुर्केको सुन्दर नामको पात्र र उसको जीवनमा सुष्मा नामकी युवतीको प्रवेशसँगै आउने परिवर्तनलाई फिलमको मुख्य विषय बनाइएको निर्देशक भट्टराईले बताए । रमेश बस्नेत र मुना मुडभरी निर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन, एमपी मुडभरीको कथा, सुशील पोखरेलको पटकथा तथा संवाद, नारायण पाण्डेको सम्पादन, कमल राई र प्रदीप श्रेष्ठको नृत्य, कुमार महर्जनको द्वन्द्व र शरण जोशीको संगीत छ।

 

प्रकाशित: ११ श्रावण २०७५ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App