६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

‘भारत’मा प्रियंकासँगै कट्रिना

मुम्बई– सलमान खान ‘रेस ३’मा खास दौडन सकेनन् । खुबै अपेक्षा गरेको फिल्मले सलमानको ‘ट्युबलाइट’ कै नियति बेहोर्यो । हिट फिल्मको फ्रेन्चाइज भए पनि फिल्मलाई दर्शकले राम गोपाल वर्माको ‘आग’पछि दोस्रो खत्तम फिल्म भनिदिए।

सलमान खान यतिबेला फेरि नयाँ फिल्म सुटिङको तयारीमा छन् र यो फिल्मको नाम रहेको छ, ‘भारत’ । यही ‘भारत’मा प्रियंका चोपडा रहने यसअघि नै टुंगो लागिसकेको हो । ‘जय गंगाजल’ खेलेर तीन वर्षअघि हलिउड हान्निएकी प्रियंकाले यही फिल्मबाट बलिउड पुनरागमन गर्ने भएकी छिन् ।

तर सुटिङको मुखैमा आएर निर्देशक अलि अब्बास जफरले फिल्ममा कट्रिना कैफलाई पनि भित्र्याएको खबर छ । फिल्ममा अब सलमानले प्रियंकासँगै कट्रिनासँग पनि स्क्रिन सेयर गर्नेछन्।

अलि अब्बास जफरकोे पहिलो फिल्म ‘मेरे ब्रदर कि दुल्हन’मा कट्रिना मुख्य भूमिकामा थिइन् । यही कारण दुवैबीच राम्रो सम्बन्ध छ । यसैगरी अलिले प्रियंकालाई लिएर ‘गुन्डे’ बनाएका थिए जुन हिट फिल्ममा पर्छ । अलिले पुरानो सम्बन्धलाई प्रयोग गर्दै प्रियंकालाई फिल्मका लागि मनाएका थिए भने कट्रिना पनि फिल्मको हिस्सा बन्न राजी भएकी छिन्।

ऐतिहासिक कथामा बन्न लागेको फिल्मले सन् १९७० को  एक घटनालाई विषय बनाएको छ । अलिको पछिल्ला निर्देशन ‘टाइगर जिन्दा है’ सफल मानिएको थियो । सोे फिल्ममा पनि सलमान र कट्रिना देखिएका थिए ।
 

प्रकाशित: २६ असार २०७५ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App