सिर्जना अभियान, भक्तपुर र हाम्रो लघुकथा केन्द्र, काठमाडौंले पूर्वोत्तर हिन्दी साहित्य अकादमी सम्बद्ध स्रष्टाको सम्मानमा भक्तपुर दरबार स्क्वायरमा लघुकथा गोष्ठीको आयोजना गरेकाे छ।
सिर्जना अभियान, भक्तपुरका अध्यक्ष धनमान श्रेष्ठको अध्यक्षता र भाषा आयोगका माननीय सदस्य डा. पुष्करराज भट्टकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
दिलीप हाडाले सञ्चालन गरेकाे कार्यक्रममा ध्रुव मधिकर्मीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।
लघुकथा गान बजाएर शुरू गरिएकाे कार्यक्रममा हाम्रो लघुकथा केन्द्रबारे लता केसीले र पूर्वोत्तर हिन्दी साहित्य अकादमीकातर्फबाट रिता सिंह सर्जनाले आफ्ना संस्थाको परिचय, कार्यक्रमको उद्देश्यका साथै नेपाल–भारत सम्बन्धबारे आआफ्नो विचार प्रकट गरेका थिए।
गोष्ठीमा सत्या अधिकारी, मनिषकुमार शर्मा, अम्बिका धिताल, रमेश सुवेदी, निर्मला बराल, इन्दिरा चापागाई, श्याम श्रेष्ठ, राजेशमान केसी, रोशन पराजुली, मिसु श्रेष्ठ र प्रार्थना खनालले आफ्नो लघुकथा वाचन गरेका थिए।
समारोहमा भारतीय स्रष्टा पूजा सुनुवारले गीत गायन एवं कविता वाचन गरेकी थिइन्। भारतीय स्रष्टा वैदेही कोठारी, तुमुल सिन्हा, गुम्पो डुसो लोम्बीले आफ्नो मन्तव्यका साथै रचना वाचन समेत गरेका थिए।
कार्यक्रमका अतिथि भाषा आयोगका माननीय सदस्य डा.पुष्करराज भट्टले नेपाली र हिन्दी लघुकथाका क्षेत्रमा भएका कार्यका साथै लघुकथाका माध्यमबाट नेपाल-भारतका बिचकाे सहकार्य प्रस्तुत गरेका थिए। उनले नेपाली लघुकथाको प्रविधिका माध्यमबाट भएको प्रस्तुतिबाट नेपालबाहिर पनि प्रभाव पार्दै गएको सन्दर्भ समेत उल्लेख गरेका थिए।
कार्यक्रमका सभाध्यक्ष धनमान श्रेष्ठले नेपालको ऐतिहासिक नगरी भक्तपुरमा भारतीय स्रष्टाहरूलाई सम्मान गर्दा खुसी भएको विचार व्यक्त गरेका थिए।
प्रकाशित: २ मंसिर २०८१ १०:३८ आइतबार