६ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

पूर्णिमाको पुरस्कार अर्पण र प्रवचन कार्यक्रम सम्पन्न

कोहलपुरमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले कर्मयोगी बद्रीविक्रम थापाको स्मृतिमा स्थापित दुई पुरस्कार अर्पण गरेको छ।

कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार रोल्पाकी स्रष्टा पवित्रा घर्तीलाई र कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार सुर्खेतका स्रष्टा ऋषि शर्मा सुदामालाई जनही नगद २०,००० सहित प्रदान गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि सनत रेग्मीले बद्रीविक्रम थापाको निडर प्रशासनिक व्यक्तित्व र मानवीय सेवाको प्रशंसा गरे। बद्रीविक्रम थापाका छोरा किरण थापाले पिताको स्मृतिमा शिक्षा, साहित्य, र स्वास्थ्य क्षेत्रमा समर्पित भएर काम गर्ने योजनाबारे जानकारी दिए।

दोस्रो सत्रमा डा.चिन्तामणिनाथ योगीले पूर्वीय साहित्य, संस्कृति र सभ्यताको संरक्षण गर्नुपर्ने सन्देश दिएका थिए। कार्यक्रममा देशभरबाट १०० भन्दा बढी साहित्यकारको उपस्थिति रहेको थियो।

प्रकाशित: १ मंसिर २०८१ २०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App