१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

भूमि लोकोत्सवको दोस्रो संस्करण कात्तिक १० गते

जनकपुरमा ‘भूमि लोक उत्सव’को दोस्रो संस्करण हुने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै भूमि फाउन्डेसनले आगामी कात्तिक १० गते हुने भूमि लोक उत्सवको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा रहेको जानकारी दिए।

फाउन्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाले आधुनिकतासँगै मिथिलाको लोकगीत, परम्परा, रीतिरिवाजहरू लोपोन्मुख अवस्थामा पुगेकाले त्यसको संरक्षण संवर्धन गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको बताए। उनले उत्सवमा एक दर्जनभन्दा बढी समूहले प्रस्तुति दिने जनाइयो।

‘मिथिला क्षेत्रका लोपोन्मुख लोकगीत, परम्परा, रीतिरिवाजको संरक्षणमा उत्सवले विशेष योगदान पुर्‍याउने अपेक्षा गरेका छौं,’ उनले भने, ‘उत्सवले मधेस र मिथिलाको सांस्कृतिक विरासतलाई उजागर गर्दै आञ्चलिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूलाई एकै स्थानमा ल्याउँदैछ।’

पूर्वी पहाडका लिम्बू समुदायको संगीत एवं मुन्धुम संस्कृतिलाई आफ्नो गायनमार्फत संसारमा फैलाउन सफल गायिका तथा शोधकर्ता झुमा लिम्बूदेखि भारत गौरव सम्मानबाट सम्मानित रञ्जना झा र चार दशकदेखि नेपाल र भारतको नाट्य तथा कला क्षेत्रमा सक्रिय नाट्य समूह मिथिला नाट्यकला परिषद् (मिनाप) तथा गायक/लेखक सुशान्त घिमिरे आदिले उत्सवलाई जीवन्त र स्मरणीय बनाउने उनले बताए।

उत्सवमा ३० देखि ३५ लाख रूपैयाँसम्म खर्च हुने अनुमान रहेको अध्यक्ष झाले बताए।

प्रकाशित: ५ कार्तिक २०८१ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App