१) मुक्तक
बाँझो बारी खनीखोस्री फलफूलले भर्ने गर्छु
जमिन बाँझो नछोडौ भनी सबैमा ज्ञान छर्ने गर्छु
विद्यालयको शिक्षाले मात्र हुँदैन जीवन सार्थक,
त्यसैले घरायसी काममा पनि सहयोग गर्ने गर्छु।
२) मुक्तक
बद्नामले मेरो शिर झुक्दा उस्को पनि शिर झुकेको हुन्छ रे
मलाई गाली गर्दा स्वयं उस्को पनि मन दुखेको हुन्छ रे
उ मसँग यति धेरै किन रिसाउँथिन् थाहा थिएन मलाई,
आज उसैले भनेकी हुन् रिसमा पनि माया लुकेको हुन्छ रे।
३) मुक्तक
म मेरा सपनाहरूसँगको युद्धमा हारेको छु
अभावले गर्दा हातको पुस्तक पर सारेको छु
सुनेर पनि नसुनेझैं गर्नेलाई के सुनाउ व्यथा,
त्यसैले मनको इच्छा मनैभित्र गाँठो पारेको छु।
४) मुक्तक
बिरामीलाई चाँडोभन्दा चाँडो अस्पताल लाने गरौं
बिरामी नपरे पनि बेलाबेला चेकजाँचमा जाने गरौं
भन्छन्, ग्याष्टिक त राष्ट्रिय रोग हो नेपालीको,
त्यसैले ग्याष्टिकबाट वचन समयमै खाना खाने गरौं।
५) मुक्तक
समयमा खाना खाएर मात्र हुन्न स्वस्थ खानुपर्छ
शारीरिक परिश्रम नगर्ने त मर्निङवाक जानुपर्छ
भाग्नु हुन्न हामी अब रूढीवादी परम्पराको पछि,
बिरामीलाई झाँक्रीकहाँ हैन अस्पताल लानुपर्छ।
६) मुक्तक
तिमी भन्छौ हजुरको घर आउँदा म हल्का लजाएर आउँछु
केही समय पर्ख प्रिया, लिन तिमीलाई डोली सजाएर आउँछु
अहिले केको हतार, तिम्रो रक्षक बन्न सक्ने भएपछि म,
एक दिन लिन तिमीलाई नौमति बाजा बजाएर आउँछु।
७) मुक्तक
जलस्रोत नै हो विकास निर्माणको मुख्य आधार
ऊर्जाबिना हुँदैन कसैको पनि कार्य साकार
यदि देशको तीव्र विकास गर्नु छ भने महोदय
गर्ने गर जलस्रोत र ऊर्जाको नीतिमा विचार।
८) मुक्तक
तिम्रौ सुखदुःखको सहारा हुन मन छ
खै वास्तै गर्दिनाै दिल खोलेर रुन मन छ
थाहा छैन के कामले प्रफुल्ल हुन्छौ तिमी
मलाई त्यो काम गरेर तिम्रो मन छुन मन छ।
९) मुक्तक
धनीगरिब सबको आवाज समावेश गर्नुपर्छ संविधानमा
लागू नभएका धारा हटाएर न्यायको धाराले भर्नुपर्छ संविधानमा
के गरिबका लागि मात्र कानून बनाइन्छ यो देशमा
धनीगरिब अब सबै सम्मान मर्नुपर्छ संविधानमा।
१०) मुक्तक
आयो उमेर बालापन तरी किन
लाग्छ उमेर मरुभूमि सरी किन
हावा, हुरी, आँधी बनी आउँछ आज
दुख ,पिर, अभाव घरिघरी किन।
प्रकाशित: २९ आश्विन २०८१ ०७:२० मंगलबार





