१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

कथाकार ममता मृदुललाई ‘रमेन्द्र सावित्री लघुकथा पुरस्कार’

‘सिर्जनामा इनरुवा’ ले आफ्नाे तेस्रो साधारण सभाकाे अवसरमा पहिलोपटक ‘रमेन्द्र सावित्री लघुकथा पुरस्कार’ लाेकप्रिय लघुकथाकार ममता मृदुललाई प्रदान गरेकाे छ। लीलानाथ सिलवालकाे अध्यक्षता तथा प्राज्ञ विवश पोखरेलकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा पुरस्कार संस्थापक रमेन्द्र कोइराला र सावित्री कोइराला संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए। पुरस्कार राशि ५,५५५/- रुपैयाँ को रहेको छ।

इनरुवा नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा विक्रमश्री, प्राज्ञ जीवनाथ पोख्रेल, महाकाव्यकार डम्बरुवल्लभ भण्डारी, विक्रमभक्त जोशी, शशिप्रसाद बजगाई, छनाेट उपसमितिका लिला आपागाईकाे उपस्थिति रहेकाे थियाे। यस अवसरमा अक्षयकोष संस्थापक कोइराला दम्पती, छोरी रश्मि कोइराला आचार्य, नातिनी शायरा आचार्य, नाति संयम आचार्य लगायत सयाैंको उपस्थिति रहेको थियो।

साथै कार्यक्रममा ९ जनालाई सम्मान र ६ जनालाई आजीवन सदस्यता पनि वितरण गरिएको थियो। सम्मानित हुनेमा प्रमोद ढकाल, विनोद विवश घिमिरे, विक्रमभक्त जोशी, रोहिणी रसिक, रोमु अधिकारी, शकुन्तला मन्जरी, रमेश श्रेष्ठ, जयकृष्ण यादव र यशाेदा अधिकारी रहेका छन्।

संस्थाका सचिव रमेन्द्र कोइराला र उपसचिव राधा सुवेदीले संयुक्त रूपमा सञ्चालन गरेकाे कार्यक्रममा टीका मिलन, शशीप्रसाद बजगाई, भरत बर्बरिक, फणीन्द्रप्रसाद दाहाल, विष्णु दाहाल र माधव सुवेदीलाई आजीवन सदस्यको प्रमाणपत्र वितरण गरिएकाे थियाे।

प्रकाशित: १० आश्विन २०८१ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App