८ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

फुर्सदमा विपुलले गीत लेखे, देवेन्द्रले स्वर भरे

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवं गीतकार बिपुल पोख्रेलको शब्द रचनामा ‘बोल, मन खोल’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा नागरिककर्मी पत्रकार एवं गायक देवेन्द्र बस्नेतले स्वर दिएका छन् ।  

भर्खरै पत्रकार महासंघको केन्द्रीय अध्यक्षबाट राजीनामा दिएर बाहिरिएका पोख्रेलले फुर्सदमा लेखेको यो गीतमा मानवीय जीवन, जगत र दर्शनको झल्को दिन्छ । गीतका शब्दहरूमा बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन्। गीतमा भिडियो संयोजन अर्का सञ्चारकर्मी सुदन थापाले गरेका छन्।  

दाङबाट झण्डै तीन दशकदेखि पत्रकारिता गरेका पत्रकार एवं गीतकार पोख्रेलले यसअघि आधा दर्जनजति गीतका शब्दहरू लेखिसकेका छन्।  बेला बेला गीतहरू लेखेर नयाँ नयाँ प्रतिभाहरूलाई अवसर दिने गरेको उनी बताउँछन्। माओवादी सशस्त्र युद्धका बेला ६० को दशकतिर पनि उनले धेरै गीतहरू लेखेका थिए। त्यसबेला पनि मोफसलकै नयाँ गायकहरूलाई उनले ती गीतहरू गाउन दिए। त्यो बेला तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नै हातमा लिएका थिए। पोख्रेल त्यतिबेला घोराहीबाट प्रशारण हुने रेडियो स्वर्गद्वारीमा समाचार सम्पादक थिए। दरबारको आदेशमा स्थानीय प्रशासनले सञ्चारमाध्यममा समेत समाचार प्रशारण÷प्रशारणमा रोक लगाएको थियो।  

‘‘म आफैमा व्यावसायिक गीतकार त होइन कहिलेकाहिँ लेख्छु। आफूलाई फुर्सदको गीतकारका रूपमा लिन्छु’ पोख्रेल भन्छन्, ‘यो आफ्नो रहर पनि होला र नयाँ प्रतिभाहरूलाई अवसर पनि सिर्जना गर्ने हिसावले गीतहरू लेख्दै आएको छु। त्यतिबेला पनि फुर्सद थियो, अहिले पनि फुर्सदमै छु।’

प्रकाशित: ८ आश्विन २०८१ १६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App