४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

चलचित्र विकास बोर्डमा ६ जनाको आवेदन

चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाले आवेदन दिएका छन्। बोर्ड अध्यक्षका लागि आवेदन दिने अन्तिम दिन बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ६ जना फिल्मकर्मीले दरखास्त दिएका छन्। 

भुवन केसीको दुई वर्षे कार्यकाल साउन ९ गते सकिएलगत्तै मन्त्रालयले बोर्ड अध्यक्षका लागि सूचना जारी गर्दै आवेदन माग गरेको थियो। बोर्ड अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धर, फिल्म निर्देशक दिनेशराज दाहाल (डिसी), राजेश थापा, दीपा पाण्डे बस्नेत, अर्जुनकुमार डंगोल र प्रकाश भट्टराईले आवेदन दिएका छन्।

अभिनेता केसीको दुई वर्षे कार्यकाल सकिँदै गर्दा अभिनेत्री मानन्धरदेखि निर्देशक डिसीसम्मका फिल्मकर्मी बोर्ड अध्यक्ष बन्न दौडधुपमा जुटेका छन्। नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेकी अभिनेत्री मानन्धरदेखि निर्देशक डिसीसम्म नयाँ बोर्ड अध्यक्ष बन्न दौडधुपमा व्यस्त भएका हुन्।  

मन्त्रालयका अनुसार बोर्ड अध्यक्षका लागि आवेदन दिएका उम्मेदवारको अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतिको तालिका प्रकाशन हुनेछ। सिफारिस समितिले बढीमा तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ। सो सिफारिसको आधारमा एक जनालाई मन्त्रिपरिषद्ले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ।

प्रकाशित: ३२ श्रावण २०८१ १७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App