२२ असार २०८१ शनिबार
image/svg+xml
कला

साङ्गीतिक चलचित्र ‘हिरुलाल स् द सोल अफ कर्णाली’ सार्वजनिक

कर्णाली प्रदेशको जनजीवनमा आधारित रहेर तयार पारिएको साङ्गीतिक चलचित्र ‘हिरुलाल: द सोल अफ कर्णाली’ सार्वजनिक भएको छ।

बुधबार पत्रकार सम्मेलन गरेर  सार्वजनिक गरिएको श्रव्यदृश्ययुक्त उक्त चलचित्रमा सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण छ। उक्त चलचित्रमा आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य स्थानीयका पीडालाई जीवन्त प्रस्तुत गरिएको छ। सुदूरपश्चिमका सर्वसाधारण सडक र सञ्चार सुविधाबाट वञ्चित हुँदा झेल्नुपरेका पीडा प्रस्तुत भएको छ।

गीतमा चक्र बम र रचना रिमाल र ठाडी भाकामा वरिष्ठ देउडा गायिका डिक्रा देवी बादीले स्वर दिएका  छन्। कोविद बज्रले सङ्गीत दिएको गीतको श्रव्यदृश्यमा अभिनेत्री रेनुनाथ योगी, बालकलाकार सञ्जय परियार र गायक चक्र बम बमले अभिनय गरेका छन। 

प्रकाशित: १९ असार २०८१ १९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App