१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

कङ्गनालाई थप्पड हान्ने सुरक्षाकर्मी निलम्बित

भारतीय जनता पार्टीकी नवनिर्वाचित सांसद एवं बलिवुड अभिनेत्री कङ्गना रनौतलाई थप्पड हान्ने सुरक्षाकर्मी निलम्बनमा परेकी छिन्।

बिहीवार भारत पञ्जाबको चन्डीगढ एयरपोर्टमा कङ्गनालाई एकजना सुरक्षाकर्मी महिलाले थप्पड हानेकी थिइन्।

कङ्गनाले घटनाबारे आफ्नो सामाजिक सञ्जालमा जानकारी दिएकी छिन्।

एयरपोर्टमा चेकजाँचको क्रममा ती सुरक्षाकर्मी महिलाले आफूलाई थप्पड हानेको र अपशब्द प्रयोग गरेको पनि कङ्गनाले बताएकी छिन्।

घटना पछि प्रहरीले तत्काल ती महिलालाई नियन्त्रणमा लिएको थियो।

चन्डीगढ एयरपोर्टको सार्वजनिक एक भिडियोमा ती महिलाले किसान आन्दोलनमा मान्छेहरू सय रुपैयाँमा आन्दोलन गर्न आइपुग्ने गरेको कङ्गनाले बयान दिएको बताइरहेकी छिन्।

कङ्गनाले हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा हिमाचल प्रदेशको मन्डी लोकसभा सिटबाट भाजपाले दिएको टिकटमा विजयी भएकी हुन्।

प्रकाशित: २५ जेष्ठ २०८१ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App