१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

डा.शेखरकुमार श्रेष्ठका गाँठो र मौन अक्षरका सुस्केरा लाेकार्पण

सुसेली साहित्यिक प्रतिष्ठान, फर्पिङ र हाम्रो लघुकथा केन्द्रको संयुक्त आयोजनामा वरिष्ठ समालोचक डा. शेखरकुमार श्रेष्ठको ‘गाँठो’ कथासंग्रह र ‘मौन अक्षरका सुस्केरा’ लघुकथासङ्ग्रह एकैसाथ लाेकार्पण भएकाे छ।

हाम्रो लघुकथा केन्द्रकी अध्यक्ष लता केसीकाे अध्यक्षता र दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतकाे प्रमुख आतिथ्यमा कृतिकाे लाेकार्पण भएकाे हाे।

हाम्रो लघुकथा केन्द्रकी अध्यक्ष लता केसी, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, वरिष्ठ साहित्यकार किशोर पहाडी, विश्लेषक तथा उपप्राध्यापक आरएम डङ्गोल, नवप्रज्ञापनका सम्पादक नवराज रिजाल, दक्षिणकाली नगरपालिकाका-४ का वडाध्यक्ष पुष्कर खड्काले कृतिकाे लाेकार्पण गरेका थिए।

कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ साहित्यकार किशोर पहाडीले फर्पिङमा बिताएकाे आफ्नाे बाल्यकाल सम्झिदै दक्षिणकाली नगरपालिकामा साहित्यिक क्रियाकलाप बढ्नुमा डा. शेखरकुमार श्रेष्ठको भूमिका रहेको बताए।

त्यस्तै मन्तव्यकाे क्रममा प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका मोहन बस्नेतले डा. शेखरकुमार श्रेष्ठ जस्ता स्रष्टालाई अघि बढाउन सधैं तयार रहेको बताए।

लघुकथा केन्द्रकी अध्यक्ष लता केसीले साहित्यप्रति जनप्रतिनिधिहरूकाे झुकाव भएकाेमा खुसी व्यक्त गर्दै डा. शेखरकुमार श्रेष्ठको लेखकीय व्यक्तित्वबारे बाेलेकी थिइन्।

कार्यक्रममा समालोचक आरएम डङ्गोलले लाेकार्पित कृति ‘गाँठो’ काे समीक्षात्मक टिप्पणी गर्दै लेखक डा. श्रेष्ठकाे बहुआयामिक व्यक्तित्व तथा कृतित्वबारे चर्चा गरेका थिए।

त्यस्तै नवप्रज्ञापन साहित्यिक पत्रिकाका प्रधानसम्पादक नवराज रिजालले डा. श्रेष्ठको ‘मौन अक्षरका सुस्केरा’ काे समीक्षात्मक टिप्पणी गरेका थिए।

कार्यक्रममा रामकाजी बस्नेत, सुभाचन्द्र पौडेल भीमफेदीया, वीरेन्द्रकुमार बलामी, रामकुमार बस्नेत आदि वक्ताले डा. श्रेष्ठलाई बधाई तथा साहित्यिक यात्राको सफलताको कामना व्यक्त गरेका थिए।

कार्यक्रममा अञ्जु शर्मा, किरण नेपाली, चन्द्रलाल तामाङ, पुष्कर खड्का, शशिराज अर्याल, सिद्धि कर्माचार्य, सरिता बलामी, बद्री कार्की, रमेश सुवेदी, रामकुमार केसी, विश्वनाथ वाग्ले र विवेक शर्मा गौतम आदि स्रष्टाले कविता तथा लघुकथा वाचन गरेका थिए। कार्यक्रममा रचना वाचन गर्ने स्रष्टाहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

कार्यक्रममा दक्षिणकाली नगरपालिकाका साहित्यप्रेमी राजुकाई थापा, रामकुमार बस्नेत, रामकाजी बस्नेत, विजयकुमार महर्जन, वीरेन्द्र बलामी, पद्माराम थापा, राजकुमार केसी लगायत सुसेली साहित्यिक प्रतिष्ठानका पदाधिकारी रजनी खत्री, सविता केसी, ललिता केसी, सुशान्त केसी, कृष्णकुमार श्रेष्ठ आदिकाे उपस्थित रहेकाे थियाे।

त्यस्तै कार्यक्रममा हाम्रो लघुकथा केन्द्रका आजीवन सदस्य तथा पदाधिकारीहरू मिसु श्रेष्ठ, वन्दना घिमिरे, इन्दिरा देवकोटा, भास्कर अधिकारी लगायतका उपस्थित रहेको थियो।

सुसेली साहित्यिक प्रतिष्ठान र हाम्रो लघुकमा केन्द्र दुवै साहित्यिक संस्थाका सचिव रामराजा केसीले संयोजन गरेकाे कार्यकमको सञ्चालन सुसेली साहित्यिक प्रतिष्ठानका सदस्य दिपक लामिछानेले गरेका थिए भने सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

डा. शेखरकुमार श्रेष्ठको ’गाँठो’ कथासङ्ग्रह सुसेली साहित्यिक प्रतिष्ठान र ‘मौन अक्षरका सुस्केरा’ लघुकथासङ्ग्रह हाम्रो लघुकथा केन्द्रले प्रकाशन गरेको हो।यसअघि डा. श्रेष्ठका १३ कृति प्रकाशित छन्। 

प्रकाशित: २० जेष्ठ २०८१ ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App