२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

आँखामा सपना

कविता

जीवन र मृत्यु संघार बिचमा

बाँच्दै गर्दा

मैले कति पटक मनभरि

राताम्य गुराँसी सपना सजाएँ

तर जीवनको क्यानभासमा

एकनासको रङ कहाँ हुँदोरहेछ र!

म चाहन्थे रंगीन संसार जिउन

तर,

समयले बेरङ बनाइदिंदो रहेछ

म चाहन्थे फ’ल्न गुराँसझै ढकमक्क

तर समयले बेपर्वाह उजाडिदिंदोरहेछ

म फुलाउन खोज्थे अधरमा लालुपाते मुस्कान

तर आँखामा टिल्पिलाएको आँसुले

मुस्कान बगाइदिंदो रहेछ

तथापि म जीवनदेखि हार्ने छैन

अनन्त यो यात्रामा

म समयलाई जितेर

मेरा सपनाहरू

बिपनामा बदल्न चाहन्छु

मेरा अँध्यारा रातहरूलाई चिरेर

उज्यालो प्रेमको लय गुनगुनाउन चाहन्छु।

प्रकाशित: २४ फाल्गुन २०८० ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App