१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

वास्तुकलाको विकासक्रममा अरनिको

वास्तुकला (स्थापत्यकला) विश्व इतिहासमा परापूर्वकालदेखि नै स्थापित रहिआएको कला हो। नेपालमा यो कलाको विकास र प्रयोग लिच्छवि र मल्लकालमा अधिकतम भएको पाइन्छ। नेपालमा देखिएका विशेषतः काठमाडौं, ललितपुर र भक्तपुरमा यत्रतत्र बिस्कुन झैं छरिएका मठमन्दिर र ठुल्ठुला भवनहरू वास्तुकलाकै उत्कृष्ट नमुनामध्येमा पर्छन्। 

नेपाली वास्तुकला स्वदेशमा मात्र छाएको छैन, विदेशमा पनि यसको प्रभाव र प्रयोग बढेको छ। सर्वप्रथम विदेशीमूलमा नेपाली मौलिक वास्तुकलाको परिचय कलाकार अरनिको (पहिलो नाम पालुपु)ले गराएका थिए। चित्रकार, मूर्तिकार एवम् वास्तुकार अरनिकोले ऊ बेला नेपाली वास्तुकलालाई तिब्बत हुँदै चीनतर्फ फैलाएका थिए।

चीन र नेपालमा अरनिकोको नाम चित्रकारका रूपमा भन्दा पनि वास्तुविद् एवम् कलाकार तथा मूर्ति कलाकारका रूपमा र सांस्कृतिक संवाहकका रूपमा प्रख्यात छ। नेपाली कलाकार अरनिकोले सात सय वर्षअघि नेपाली परम्परागत वास्तु र शिल्पकला शैलीलाई चीनमा स्थापित गराएको कुरा अरनिकोको विगतको इतिहासबाट थाहा पाइन्छ।

चीनमा अरनिकोले आठ वर्ष (१२७१–१२७९) लगाएर प्रसिद्ध श्वेत चैत्य बनाएका छन्। चीनमा उनले थुप्रै चैत्य, श्वेतचैत्य, विहार, मूर्ति, मठमन्दिर र चित्र बनाएका परिघटना इतिहासमा उल्लेख छन्। जुन आज पनि इतिहासको ठेलीका रूपमा सुरक्षित छ।

वास्तुकार अरनिकोको इतिहास पल्टाउ“दा उनी १२६० मा तिब्बतको शाक्या गुम्बा धार्मिक परियोजनाका निम्ति नेपालबाट खटाइएका ८० जनाको कलाकार टोलीका नायक थिए भन्ने बुझिन्छ। तिब्बती कलाकारसहितको टोलीले त्यहा“ सुवर्ण चैत्य र बौद्धमूर्तिहरू बनाएका थिए। उनीहरूलाई शाक्या गुम्बाका संघनायक पहासापाद्वारा राजासमक्ष भेट गर्न लगिएको थियो भन्ने बुझिन्छ।

उनले त्यतिबेला चीनमा प्रतिभाशाली कर्म गरेर त्यहाँका युआन वंशका सम्राट् कुबलाई खा“लाई खुब रिझाएका थिए। त्यसबापत उनलाई चीनमा ऐस, ऐश्वर्य, जागिर र मन्त्रीसरहको पारितोषिक मिलेको थियो। अन्ततः चीनमा नै बसेर वास्तुकलामा ठुलो योगदान दिएका यस्ता महान् प्रतिभाको चीनमै १३०६ मार्चमा निधन भएको थियो। यस विषयको सन्दर्भमा उनको सम्पूर्ण वृत्तान्त चीनमा रहेको उनको समाधिस्थलमा उल्लेख गरिएको छ।

कलाकार अरनिकोको पारिवारिक सन्दर्भलाई हेर्दा उनको नेपाल मूलकी चैत्यलक्ष्मीबाहेक ११ जना चिनिया“ श्रीमती र थाहा भएका दुई छोरा थिए। अरनिकोलाई चीनले जस्तै नेपालले पनि विभिन्न किसिमले सम्मान दिँदै आएको पाइन्छ। नेपालका विभूति मानेर अनि विभिन्न समयमा उनी र उनका कृतिअङ्कित हुलाक टिकट प्रकाशमा ल्याएर कालान्तरसम्म उनलाई समाजले सम्झिरहने प्रपञ्च मिलाएको छ। उनकै नाममा राजमार्ग बनाइएको छ भने उनको नामलाई जोडेर नेपालमा स्थापित रहेका विभिन्न संघसस्थाहरूले पुरस्कारहरू स्थापना गरेका छन्।

वास्तवमा कलाकार अरनिको कलाका अन्य विधा जस्तैः चित्रकला र मूर्तिकलामा सिद्धहस्त भए पनि विशेषतः वास्तुकलामा उनको दक्षता अकल्पनीय र पराकाष्ठापूर्ण थियो अर्थात् वास्तुकला विधाका उनी धुरन्धर प्रतिभा थिए भन्नेमा दुई मत छैन। विश्व वास्तुकलाको क्षेत्रमा उनको योगदान उच्चकोटीको छ। यो पंक्तिकार विशेषतः वास्तुकलासँग सम्बन्धित रहेको हुनाले वास्तुकलाको विश्व इतिहास र यसको पृष्ठभूमिलाई पनि यहा“ उल्लेख गर्नु वाञ्छनीय हुन आउँछ।

वास्तवमा वास्तुकलाको विकास मानव सभ्यताको विकास स“गसँगै जोडिएर आएको कला हो। सर्वप्रथम गुफायुगको समाप्तिको क्रममा मान्छेले ढुंगा, चपरा, रुखका हा“गापातबाट गुफाजस्तै लाग्ने थुम्के घरहरू बनाउन थालेका थिए। वास्तुकलाको जग वास्तवमा यहींदेखि सुरु भएको मान्ने गरिन्छ। स्पेनको बार्सिलोनामा भेटिएको ई.पू. ५२०० समयकालको थुम्को नै वास्तुविधानको प्रारम्भिक र पहिलो नमुना हो।

वास्तुकलाको विकासको सन्दर्भमा कुरा गर्दा मिश्रको पिरामिडले महŒवपूर्ण स्थान ओगटेको पाइन्छ। वर्गाकार आकृतिमा तल फराकिलो र माथि साँघुरिँदै चुच्चिएको स्मारक पिरामिड नै पहिलो प्राचीन वास्तुस्मारक हो। मृत शरीर सुरक्षित राख्न मिश्रको मरुभूमिमा बनेका यस्ता गगनचुम्बी पिरामिड मानव जातिको अतुलनीय अद्भुत उपलब्धि हो। मिश्रका सम्राट फरुन धनी र प्रभावशाली हुँदै जाँदा पिरामिड बनाउन थालिएको थियो। ई.पु. ३००० मा फरुनको शव समाधिस्थ गर्न यस्ता विशाल पिरामिडहरू बनाइए।

इतिहास खोतल्दै जाने हो भने काहिरा निकटको मरुस्थलमा राजा खुपुले भव्य पिरामिड ‘गिजे’ बनाएका थिए। करिब २३ लाख ग्रेनाइट ढुंगाका ढिस्काले एकलाख दासी श्रमबाट बनेको चार सय ८१ फिट अग्लो यो पिरामिड सात सय ५० फिट अग्लो जगमाथि बनेको इतिहासमा उल्लेख छ। मिश्र सभ्यतामा ३० वटा अजंगका र केही मझौला पिरामिड अझै पनि ज्यूँका त्यूँ छन्।

हेरोडोट्सका अनुसार मिश्रको इतिहासमा ठुला ढुंगाले बनेका ती पिरामिड बनाउन तीन लाख मानिसले २० वर्ष काम गरेका थिए। त्यसताका यस्ता पिरामिडका साथसाथै मिश्रवासीहरू शिल्प सहर र मन्दिर निर्माणमा पनि उत्तिकै छाएका र खारिएका भेटिन्थे। मिश्रमा वास्तुलगायत मन्दिर निर्माण शैली पनि अत्यन्तै भव्य र सानदारका हुन्थे। सुसज्जित सहरमा मन्दिरहरू भव्य रूपमा निर्मित हुन्थे।

खासगरी मन्दिरको छेउछाउ सालिक तथा भव्य मूर्तिहरू सजाइन्थे। त्यतिबेला कैयन् चोक, कलात्मक ढुंगे खम्बालगायत बैठकहरू बनाउने चलन प्रशस्त रहेको पाइथ्यो। खम्बाहरूमा कलात्मक नरसिंहका मूर्तिबाट भव्य सजाइन्थ्यो। कतै कतै सिंहको शरीरमा मानवका शिरहरू अंकित गरिएका हुन्थे। साथै त्यो बेलाका वास्तुकलामा भित्ते चित्रहरू प्रशस्तै बनाइएका बनाइन्थे। विषयवस्तुमा विशेषतः धर्म, युद्ध र समाजकै प्रतिबिम्बहरू प्रस्तुत भएका हुन्थे।

मिश्रकालीन समय वास्तुकलाको पहिचानको समृद्ध थलो थियो भन्दा फरक पर्दैन। मिश्रजस्तै रोम पनि कला–प्रभावित क्षेत्र थियो। रोममा सिंगमरमरका भव्य महलहरू गुम्बज शैलीमा बन्थे। त्यो बेला बेबिलोनमा इँटाको गारो लगाएर घरहरू बनाउने चलन थियो। बेबिलोनियालीको घर निर्माण प्रायः सामान्य ढंगको हुन्थ्यो। मन्दिरहरू पनि प्रशस्तै बनाइन्थे तर उति बलियो किसिमका हुँदैनथे। 

कोठाका भित्तामा प्रायः भित्तेचित्रहरू सिँगारिन्थे। असिरियालीहरू माटाको गारो भएको घर बनाएर बस्थे। उनीहरू ठुला भवनमा सिंह र गोरुको टाउको भएका मूर्ति राख्थे। यिनीहरूले मूर्तिको विकास स“गसँगै मन्दिर र भवनहरूको विकासमा पनि महŒवपूर्ण योगदान दिएको पाइन्छ।

यी समयकालजस्तै ऋगवेद कालमा पनि भवन निर्माण–कला राम्रो फस्टाएको पाइएको छ। त्यतिबेला सुनियोजित रूपमा नगरहरूको विकास भएको देखिन्छ। त्यसताका घरहरू गोबरले लिप्ने चलन थियो। जो फाट्टफुट्ट पूर्वीय भूमिमा अवस्थित देहाती (गाउ“ले) र पहाडी क्षेत्रमा अद्यापि कायमै रहेको छ।

चीनको भूमिमा पनि वास्तु योजनाहरू राम्रा हुन्थे। घरदरबार काठ र माटोले बनाइन्थे र पालिसदार हुन्थे। जहा“ हस्तीहाड जोडिएका हुन्थे। यस्तो ग्रिक कला खासगरी मन्दिरमा बढी भेटिन्थ्यो। मध्यकालमा युरोपका वास्तुकला भन्नु नै चर्चका भवनहरू थिए। प्रारम्भिक चर्चहरू रोमनेली शैलीमा बन्थे।

यसरी नै क्रमशः बाह्रौं शताब्दीबाट पुनर्जागरण काल हुँदै आजको आधुनिक कालसम्म वास्तुकला आइपुग्दा मानव समाजले यसमा ठुलै उपलब्धि हासिल गरेको निश्चिन्त गर्न सकिन्छ। यस अर्थमा वास्तुकलाले मानव सभ्यताको विकासको पहिचानमा ठुलै भूमिका निर्वाह गरेको छ।

मानव सभ्यतामा यसरी आएको वास्तुकलाको विकासप्रक्रियामा कलाकार अरनिकोको वास्तुकलाले पनि क्रमभंगको विकासवादी मान्यतालाई आत्मसात गर्दै विश्व वास्तुकलाको परिवेशमा नौलो आयाम थपेको छ भन्दा सान्दर्भिक हुन आउँछ। यसलाई पछिल्ला चरणका कलाकारहरूले आत्मसात गर्दै अगाडि बढाइरहेका छन्। यस अर्थमा नेपाली कलाकार अरनिको विश्व वास्तुकलाको परिवेशका एक महान् कलाकार हुन् भन्दा अतिशयोक्ति नहोला।

प्रकाशित: ५ फाल्गुन २०८० ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App