१९ असार २०८१ बुधबार
image/svg+xml
कला

फेवाकिनारमा ‘लिटरेचर फेस्टिभल’

पोखराको फेवाताल किनारमा विहीबार सुरु भएको लिटरेचर फेस्टिभल। तस्बिरः नागरिक

पर्यटकीय क्षेत्र लेकसाइड कहिले कुन त कहिले कुन रुपमा रमाउँछ। फरक समय र परिस्थितिमा फरक स्वादमा रमाउने लेकसाइड विहीबारदेखि शब्दशक्ति उत्सवको रुपमा रमाउन सुरु गरेको छ, जहाँ शब्द र व्यवस्थामाथि तात्तातो बहस चल्दैछ। फेवाताल किनारको बाराहीघाट मैदानमा शब्द फुराइँदैछ, राजनीतिमाथि बहस हुँदैछ, समाज, अर्थतन्त्र, लोकतन्त्रमाथि टिप्पणी गरिँदैछ।  

सुर्य नेपाल गाथा नेपाल लिटरचेर फेस्टिभलको एघारौं संस्करण विहीबारबाट फेवाताल किनारको बाराहीघाट मैदानमा सुरु भएको छ। आयोजक संस्था बुकवर्म फाउन्डेसनलले आयोजना गरेको यो फेस्टिभलको ११ औं संस्करण हो। त्यही जमघटमा तातो र ताजा बहस गर्नका लागि अर्थशास्त्री, राजनीतिशास्त्री, लेखक, पत्रकार, उद्यमी सहित कलाकार, गजलकार, लेखक लगायतका उपस्थित भईसकेका छन।  

फेस्टिभल आगामि सोमबारसम्म चल्नेछ। सुर्य नेपाल प्रालिको उपक्रम सुर्य नेपाल गाथाको मुख्य सहयोगमा यस वर्षको फेस्टिभल आयोजना गरिएको हो। फेस्टिभलका अघिल्ला संस्करण झैं यसवर्ष पनि देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजकले बताएको छ । फेस्टिभलमा ५५ भन्दा बढी सेसन, सांगीतिक साँझ पनि हुने आयोजकले बताएको छ। फेस्टिभलमा पोखरा क्षेत्रका ठूलो आकारमा साहित्यानुरागी भेला हुने आयोजकको आँकलन छ।  

फेस्टिभलको उद्घाटन मन्तव्य दिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महोत्सवले पोखराको पहिचान फराकिलो बनाउन सघाएको बताए। उनले अनुभव, ज्ञान, सीप बाड्ने अवसर यो फेस्टिभलले दिलाएको पनि बताए। पोखरालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन पनि यो महोत्सवले सघाएको उनको भनाई छ। पोखरामा भएको यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक आउने हुँदा यसले आर्थिक गतिविधि बढाउन पनि सघाउने मुख्यमन्त्री पाण्डेको भनाई छ।  

फेस्टिभलमा ‘संविधान र सुशासन’ विषयमा विद्वत्प्रवचन दिँदै पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठले बारम्बार संविधान फेरिएपनि त्यसका पात्र नफेरिँदा जनताको अवस्था फेरिन नसकेको बताए। ‘संविधान बेलाबेला फेरिएको छ, संशोधन पनि भईरहेको छ  तर, जनताले सुशासन पाए नपाएको भन्न सकिएन,’ उनले भने, ‘संविधानलाई जनजीविकामा बदल्न सकिएन।’ उनले जनतामा हक अधिकारको चेत बढेपनि जिम्मेवारीपन घटेको टिप्पणी गरे। बिलौलिया अर्थतन्त्र हावी भएको पनि श्रेष्ठको भनाई थिया। त्यस्तै कानुन लागु गर्दा पनि भेदभाव गरिएको उनले बताए।  

‘बलिया बांगाले आफुलाई व्यवस्थापन गर्न जाने, तर, सबैलाई त्यो अवस्था छैन,’ उनले भने, ‘बनेको कानुनको लाभ जनताले लिन सक्नुपर्ने हो। बलिया बांगा छन् भने उम्केर जान्छन्, माफि पाएर जान्छन्। लाटा सोझा छन् भने मात्रै जेल जान्छन्। अरु भए हिरासतमा जान्छन्, धनी मान्छे अस्पतालमा जान्छन्।’ उनले संविधान बनाउने प्रक्रियामा पनि जनताको कति सक्रियता थियो त भन्ने प्रश्न उठेको पनि बताए।  

उनले भने, ‘जनताले चुनेर पठाएका ९० प्रतिशत प्रतिनिधिको अनुमोदनमा यो संविधान आएको हो। तर अनुमोदित गर्ने कतिले संविधान पढे होलान् ? बुझ्न त बुझे होलान् ? कति प्रतिनिधि ल्याप्चेवाला छन्, हाम्रो संविधान विद्यावारिधि गरेकाले पनि बुझ्दैनन्। त्यसकारण यो संविधानलाई जनताको सक्कली संविधान बनाउन जनताको सहभागिता, समझदारी र सुझबुझ बढाउनुपथ्र्यो । जनतालाई अवसर दिनुपथ्र्यो, विभिन्न माध्यमले बुझाउनुपथ्र्यो। संविधानलाई प्रयोग गरी लाभ लिन प्रेरित गरिनुपथ्र्यो। संविधानका अप्ठ्यारा कुरालाई भन्ने मौका दिनुप¥थ्यो।’

फेवाताल किनारमा महोत्सव चलिरहँदा श्रेष्ठले त्यही फेवातालको अवस्थाबारे पनि उनले टिप्पणी गरे। ‘भदौरेको काखसम्मको फेवाताल कहाँ पु¥यायौं? फेवाताल हेर्दाहेर्दै घटेको छ। स्थानीय तहमा अधिकार गयो की डोजर पुग्यो,’ उनले भने, ‘हामीसँग अधिकार पनि छ। तर त्यसको उपयोग हुन सकेन। सुशासनमा गम्भिरता हुन सकेन। सार्वजनिक सम्पत्तिमाथि लुट हुँदा पनि रोक्ने निकायले काम गरेको छैन।’ उनले साहित्यकारले जीवन र संविधान जोड्न सक्नुपर्ने पनि बताए। भिन्न क्षमता, व्यक्तिदेखि बालबालिकाको अधिकार र संविधानबारे पनि बहस हुनुपर्ने उनले बताए। 

फेस्टिभलमा विद्वत्प्रवचन दिँदै पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठ। 

पहिलो दिन वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू पुस्तक विमोचन एवं कार्टुन प्रदर्शनी गरिएको थियो। त्यस्तै गोर्खा वुमनः एन इको इन द स्टोरी प्रदर्शनी पनि फेस्टिभलका अवसरमा गरिएको थियो। यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियसः द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्डको सहभागिता हुँदैछ। उनको यस पुस्तकले विश्वप्रसिद्ध ‘पुलिट्जर प्राइज’ समेत जितेको थियो। उनको यस पुस्तकमा आधारित ओपनहाइमर चलचित्र बनेको छ। क्रिस्टोफर नोलनले निर्देशन गरेको यो चलचित्र सन् २०२३ को बक्स अफिसमा ब्लकबस्टर समेत बनेको थियो। ९६ औं अस्कर अवार्डमा यो फिल्म १३ विधामा मनोनीत भएको छ।  

त्यस्तै पप्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा आउँदै छिन्। उनको पुस्तक एभ्रिथिङ द लाइट टचेजका बारेमा उनले फेस्टिभलमा चर्चा गर्नेछिन्। उनको यस पुस्तकले सन् २०२३ मा उत्कृष्ट आख्यानका लागि ‘सुशीलादेवी अवार्ड’ पाएको थियो। विश्वप्रसिद्ध समालोचक एवं उपन्यासकार चन्द्रहास चौधरी पनि फेस्टिभलमा आउँदै छन। उनले क्लाउड्स र अर्जी द ड्वार्फ पुस्तक लेखेका छन्। उनको अर्जी द ड्वार्फ पुस्तक ‘कमनवेल्थ फस्ट बुक प्राइज’ का लागि सर्टलिस्ट समेत भएको थियो।  

सन् २०११ मा काठमाडौंको झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्रांगणबाट सुरु भएको फेस्टिभल एघारौं संस्करणसम्म आइपुगेको नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले बताए। यस्ता फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवं सरोकारवालालाई जवाफदेही बनाउन सघाउने उनको भनाइ छ। साथै सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने उनले बताए।  

उनले आगामि दिनमा पनि यो महोत्सवलाई पोखरामा निरन्तर गरिरहने बचन दिए। ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको उनको भनाई छ।  

प्रकाशित: ३ फाल्गुन २०८० १७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App