२० असार २०८१ बिहीबार
image/svg+xml
कला

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनीले गरे इङ्गेजमेन्ट

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानीजले टिकाटालो गरेका छन्। चार वर्षदेखि जोडि हेडनसँग सम्बन्धमा रहेका अस्ट्रेलियन प्रधानमन्त्री एन्थनीले आफूले इङ्गेजमेन्ट गरेको घोषणा गरेका हुन्।

उनले आफैले डिजाइन गरेका विशेष औँठी लगाएर प्रधानमन्त्री निवासमा हेडनलाई प्रपोज गरेका हुन्। यसबारे उनले आफ्नो आधिकारीक सामाजीक सञ्जाल एक्समा जानकारी दिएका छन्।

एन्थनी अस्ट्रेलियाको पहिलो प्रधानमन्त्री हुन् जसले पदमा रहँदै इङ्गेजमेन्ट गरेका हुन्।

सन् २०२० मा मेलबर्नमा एक व्यावसायिक भोज समारोहको बेला ६० वर्षीय एन्थोनीको भेट ४५ वर्षीया हेडनसँग भएको थियो।  

यसअघि प्रधानमन्त्री एन्थनीको विवाह न्यू साउथ वेल्सका पूर्व डिप्टी प्रीमियर कार्मेल टेबट्ट सँग भएको थियो। विवाहको १९ वर्ष पछि दुबैले २०१९ मा सम्बन्ध विच्छेद गरेका थिए।

प्रकाशित: ३ फाल्गुन २०८० १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App