२४ असार २०८१ सोमबार
image/svg+xml
कला

इण्डियन आइडलमा रोकियो मेनुकाको उडान

मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’बाट बाहिरिएकी छन्। आइतबारको एपिसोडमा उनी प्रतिस्पर्धाबाट बाहिरिएकी हुन्।
 
मेनुकाले पनि आफ्नो सामाजिक सञ्जालबाट पनि आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन्। 
उनले भनेकी छन्, ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको साङ्गीतिक यात्रा भर्खर सुरु भएको छ।’
 
आइडलको सुरुको अडिसनमा उनले उनले ‘तुम्हारे बिना हमारे कोनो नहीँ’ बोलको गीत गाएकी थिइन्। उनले जजबाट  ‘स्ट्यान्डिङ ओभेसन’ पाउनुका साथै उनले  ‘गोल्डेन माइक’ समेत जितेकी थिइन्। 
 
उनले गीत गाउँदा शोका निर्णायक कुमार सानु, विशाल ददलानी र श्रेया घोषाल भावुक भएका थिए। उनीहरूले आफूलाई सम्हाल्न सकेनन्। जजहरू कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले आँसु समेत बगाएका थिए।  
 
आइडलकै दौरानमा रनवीर कपूरले मेनुकाको खुट्टा समेत ढोगेका थिए। त्यस बेला मेनुकाले अगर तुम साथ हो भन्ने गीत गाएकी थिइन्। गीत गाइसकेपछि रनवीर र रस्मिताले स्टेजमा पुगेर भावुक बनेका थिए। रनवीरले मेनुकालाई आशीर्वाद लिन चाहेको भन्दै खुट्टा ढोगेका थिए।
 
हरेक एपिसोडमा जजहरूको प्रशंसा र स्ट्यान्डिङ ओभेसन पाउँदै आएकी मेनुकाले एक एपिसोडमा भने गीतको लिरिक्स बिर्सिइन्। उक्त एपिसोडमा उनले  ‘तेरा साया साथ होगा’ बोलको गीत गाएकी थिइन्। तर गीत गाउँदा उनले बिचमा भने लिरिक्स बिर्सिइन्।
 
आइडलमा रहँदा उनले ‘सलार’मार्फत भारतीय फिल्म गायनमा डेब्यु गरेकी थिइन्। चिकित्सकले उनलाई ‘एआई भिजन चस्मा’ पनि प्रदान गरेका थिए जसमार्फत अबदेखि उनले पढ्न, हिँड्न र मान्छे चिन्न सक्छिन्।

प्रकाशित: २२ माघ २०८० १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App