१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

बेलौरीमा ‘माघ म्याला’

थारू लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ। थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला गरिएको हो। मेला तीन दिनसम्म सञ्चालन हुने छ।

म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, सहनसहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धीका वस्तु प्रदर्शनीमा राखिएका छन्।

‘म्यालामा पुग्ने दर्शक तथा अवलोकनकर्ताका लागि परम्परागत थारू परिकार पस्कने व्यवस्था मिलाएका छौं’, सभाका बेलौरीका अध्यक्ष खडक चौधरीले भने, ‘थारू संस्कृतिसँग सम्बन्धित परम्परागत गीतसँगै सखिया, झुम्रा, मुग्रह्वा, मघौटालगायत नृत्य स्थानीय कलाकारले देखाउने व्यवस्था मिलाइएका छौँ।’

थारूसँग सम्बन्धित राष्ट्रियस्तरका कलाकारले दर्शकलाई मनोरञ्जन दिने खडकको भनाइ छ। बुढापाकाबाट युवाले संस्कृतिका बारेमा जानकारी पाई परम्परादेखि चल्दै आएका असल संस्कृति जीवन्त राख्न मद्दत पुगोस् भनेर प्रत्येक वर्ष म्याला आयोजना गरिँदै आएको उनले बताए।

थारू समुदायमा विद्यमान कुरीति हटाउन जनचेतना जगाउने कार्यक्रमसमेत म्यालामा राखिएको उनको भनाइ छ। बिहीबारदेखि सञ्चालन भएको म्याला पुस २८ सम्म सञ्चालन हुनेछ। –रासस

प्रकाशित: २७ पुस २०८० ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App