८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

‘द रेड सुटकेस’ चैत ३० गते

अभिनेता सौगात मल्ल र विपीन कार्की अभिनित ‘द रेड सुटकेस’ आगामी चैत ३० गते रिलिज हुने भएको छ। सोमबार ‘द रेड सुटकेस’ फिल्मको निर्माण कम्पनी आइसफल प्रोडक्सनले यस्तो जानकारी दिएको हो।

फिल्मका निर्माता रामकृष्ण पोखरेलले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका थिए। नेपालको आप्रवासी परम्परा र नियतिमाथि तयार भएको ‘द रेड सुटकेस’ फिल्म भेनिस अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा वल्र्ड प्रिमियर भएको थियो।

निर्देशक फिडेल देवकोटाको यो फिल्मले जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल र भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएको थियो। ‘विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी भइसकेको द रेड सुटकेस नेपाली दर्शकले हेर्न पाउने भएका छन्,’ निर्माता पोखरेलले भने।

निर्देशक देवकोटाले विश्वले यो कथा हेर्नुपर्छ भन्ने लागेको फिल्म बनाएको जानकारी गराए। निर्देशक फिडेल स्वयंले लेखेको फिल्ममा अभिनेता मल्ल र कार्कीबाहेक प्रवीण खतिवडा र सृष्टि श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: १७ पुस २०८० ०१:३९ मंगलबार

द रेड सुटकेस अभिनेता सौगात मल्ल र विपीन कार्की फिल्मका निर्माता रामकृष्ण पोखरेल