३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

पाँच दिनमा ५०० करोड नजिक 'सलार'

दक्षिण भारतीय अभिनेता प्रभास स्टार फिल्म 'सलार' को व्यापार आक्रामक भइरहेको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार फिल्मको व्यापार पाँच दिनमा ५०० करोड नजिक पुगेको छ। यो कमाइ विश्वभरको हो।

फिल्मले भारतीय बक्समा भने पाँच दिनमा २७८ करोड ९० लाख कलेक्सन गरेको छ।

'सलार' यो वर्ष भारतमा सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ। फिल्मले पहिलो दिन विश्वभर १७८.७ करोड रुपैयाँ भारु कमाएको थियो, जसमध्ये भारतीय बक्स अफिसमा ९० करोड ७० लाख रुपैयाँ कमाएको थियो।

‘सालार’ प्रशान्त नीलले निर्देशन गरेका हुन्। होम्बले फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई विजय किरणगादुरले निर्माण गरेका हुन्। फिल्ममा प्रभाससँगै पृथ्वी सुकुमारन, श्रुति हासन, मधु गुरु स्वामीको पनि महत्त्वपूर्ण भूमिका छ।

प्रकाशित: ११ पुस २०८० १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App