७ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

'दान्भी' को पोस्टरमा एक्सन अवतारमा देखिएकी पूजा

अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’ को फस्टलुक सार्वजनिक गरिएको छ।

मंगलबार सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री पूजा शर्मालाई प्रस्तुत गरिएको छ। पोस्टरमा उनले मेसिनगन बोकेकी छन्।

लभ स्टोरी फिल्ममा जमिरहेकी पूजा पहिलो पटक एक्सन अवतारमा देखिँदैछिन्।

रूपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा देव मगर, अनुप गडालको लगानी छ। पवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बु, पञ्चबहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सह(निर्माता हुन्।

फिल्मको प्रदर्शन मिति भने तय भएको छैन।

प्रकाशित: २० मंसिर २०८० १०:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App