१२ असार २०८१ बुधबार
image/svg+xml
कला

भक्तपुरमा सकियो दुईदिने नेपालभाषा साहित्य सम्मेलन

त्रीचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (दुईदिने सम्मेलन) आज भक्तपुरको ल्योसिंख्यमा सम्पन्न भएको छ । हिजो स्थानीय ज्येष्ठ नागरिक एवं सांस्कृतिक गुरु राम घेमोसुबाट मालश्री धुनको पाश्र्वमा कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलनको उदघाटन भएको थियो।

दुवै दिन सम्मेलन विहान ११ बजेबाट रातिसम्म चलेको थियो । दुवै दिन पहिलो र दोश्रो गरी दुई चरणमा कार्यक्रम भएको थियो । पहिलो चरणमा दिनभरि साहित्यवाचनका साथै विषय विशेषज्ञहरुबाट मन्तव्यको कार्यक्रम गरिएको थियो भने दोश्रो चरणमा राति साँंस्कृतिक कार्यक्रम गरिएको थियो। सम्मेलनको पहिलो चरणमा नयाँं तथा पुराना साहित्यकारहरुबाट कथा, कविता, निबन्ध र गीतहरू प्रस्तुत गरेका थिए।दोस्रो चरणमा एकाङ्की, नाटक, प्रहसन, नृत्यलगायत प्रतिस्पर्धात्मक सांस्कृतिक विधाहरू प्रस्तुत गरिएका थिए।

सम्मेलनमा साहित्य वाचनका साथै विभिन्न राजनीतिज्ञ, कुतनीतिज्ञ, कानुन व्यवसायी, संविधानविद्, साहित्यकार, पत्रकार, लेखक, समाचोलक, सिमाविद्, चिकित्सक, इन्जिनियर, कलाकार, ज्योतिषशास्त्री, कार्टुनिष्ट, गीतकार, जलस्रोतविद्,शिक्षकलगायतका विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तिहरुले आआफनो विषयबारे मन्तव्य राखेका थिए।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें, सांसद प्रेम सुवाल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, ज्योतिषशास्त्री वीरेन्द्रप्रसाद कायष्ठ, प्रा.डा. सिद्धिवीर कर्माचार्य, कार्टुनिष्ट मोहनश्याम खोकना, शिक्षाकर्मी अम्बिकामान मानन्धर, इन्जिनियर राजदास श्रेष्ठ, जनगायक चन्द्रबहादुर श्रेष्ठ, गीतकार आनन्द अधिकारी, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, वरिष्ठ मनोरोग चिकित्सक डा. धनरत्न शाक्य, जलस्रोत अध्येता रत्नसंसार श्रेष्ठ, भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ, सीमा अध्येता रतन भण्डारी, जनमत’ साहित्यिक पत्रिकाका सम्पादक मोहन दुवाल, रामविन्दु श्रेष्ठ, विज्ञान तथा वातावरण विज्ञानका अध्येता रोशन शेरचनलगायतले मन्तव्य व्यक्त गरेका थिए । सम्मेलनको दोश्रो दिन शुक्रबार सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, शहीद धर्मभक्त राष्टिय मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरका निर्देशक डा पुकारचन्द्र श्रेष्ठलगातयले मन्तव्य राखेका थिए ।

सम्मेलनका पहिलो दिन बिहीबार जनगायक चन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठ, वरिष्ठ कार्टुनिस्ट मोहनश्याम खोकना र शिक्षाकर्मी अम्बिकामान मानन्धरलाई दोसल्ला ओढाई नगद रु. पच्चीस हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । दोश्रो दिन शुक्रबार साँंस्कृतिक गुरु एवं समाजसेवीहरुलाई सम्मान गरिएको थियो।अन्तिम दिन आयोजक पिस्वकगू (४३ औं) नेपाल भाषा साहित्य तः मुंज्या (सम्मेलन) का कोषाध्यक्ष पुरुषोतम तमखूले कार्यक्रमको आम्दानीखर्चबारे जानकारी गराएका थिए । साथै प्रतियोगताम्क सम्मेलनको अन्तिम दिन साहित्यतर्फका उत्कृष्ट साहित्यकारहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । यसअघि सम्मेलनको शुरु हुनु अघिल्लो दिन बुधबार सम्मेलनको प्रचारप्रसारार्थ सुकुण्डा याली भएको थियो।यालीले भक्तपुर नगर परिक्रमा गरेको थियो।साथै यसअघि झण्डै एक हप्ता अगाडि साइकल याली भएको थियो।यालीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँंहरु परिक्रमा गरेको थियो।

 

प्रकाशित: १० कार्तिक २०८० १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App