२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

नेपाली चलचित्रको सेन्सरमा उदारता देखाउनुपर्छ: भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र सेन्सर गर्दा उदारता देखाउनुपर्ने बताएका छन्।

सोमवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले चलचित्रको सेन्सर कडा हुँदै गएको भन्ने आवाज उठेको भन्दै सेन्सर बोर्डलाई नेपाली चलचित्रका लागि सेन्सर खुकुलो गर्न आग्रह गर्ने बताए।

उनले नेपाली चलचित्रको सब्टाइटल राख्नसके विदेशमा पनि राम्रो महत्व पाउने बताए। उनले  सब्टाइटलका कारण विश्वका मानिसहरू नेपाली चलचित्रको फ्यान हुनसक्ने धारणा राखे।अध्यक्ष केसीले नेपाली चलचित्रको सेन्सरमा उदारता देखाउन आवश्यक रहेको बताए।

प्रकाशित: ३० आश्विन २०८० ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App