२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

दीपक-दीपाले सञ्चालनमा ल्याए अत्याधुनिक सिनेमा घर

राजधानीमा नयाँ चलचित्र घर सञ्चालनमा आएको छ। शुक्रबार नयाँ बानेश्वरमा कलाकार हरिवंश आचार्य तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चलचित्र घर ‘आइएनआइ सिनेमाज’को उद्घाटन गरेका हुन्।

यो चलचित्र घर कलाकारहरू दीपाश्री निरौला, दीपकराज गिरी, निर्मल शर्मा, गिरेन्द्र मुनकर्मी, प्रभात रिमाल लगायतको लगानीमा खोलिएको हो। चलचित्र घर शुभारम्भ कार्यक्रममा मनोज पण्डित, गौरीशंकर धुजु, कृषा चौलागाईं, नरेन्द्र महर्जन, गोपाल कायस्थ, जितु नेपाल, सम्झना उप्रेती लगायतका कलाकारहरूको उपस्थिति थियो।

उक्त अवसरमा कलाकार दीपकराज गिरीले उक्त चलचित्र घरबाट भएको आम्दानीको ५० प्रतिशत रकम निर्मातालाई उपलब्ध गराउने घोषणा गरे।

प्रकाशित: ३० भाद्र २०८० ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App