१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

युवा कवि मोतिराम भट्टको आज १५८ औँ जन्मजयन्ती

आज युवा कवि मोतिराम भट्टको १५८ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवा कवि भट्टको जन्मजयन्तीको अवसरमा आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरेर मनाइँदैछ।

वि.सं. १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेका भट्टको वि.सं. १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमै निधन भएको थियो। भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवा कवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए।

यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो। दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ।

प्रकाशित: २८ भाद्र २०८० ०२:१९ बिहीबार

मोतिराम भट्ट नेपालमा पत्रकारिता भाद्र कृष्ण कुशे औँसी साहित्यको श्रीवृद्धि