२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कृषिलाई प्राथमिकतामा राखे मात्र विकास सम्भव: महानायक हमाल

महानायक राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढे मात्रै देश विकास सम्भव रहेको बताएका छन्।

बिहीबार काठमाडौं आयोजित रेभुलुसनरी एग्रिकल्चर वार (रअ) घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाललाई विकास गर्नु छ भने, सम्पन्न बनाउनु छ भने एग्रिकल्चरलाई नै प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे।

उनले कृषिबाट मात्रै देशलाई विकासतर्फ लैजान सकिने बताए। नेपालको क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो भनेकै कृषि क्षेत्र भएकाले अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न नसक्ने उनको भनाइ थियो। नेपालले विश्वमा आफ्नो स्थान बनाउनु छ भने कृषिलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनले बताए। आधुनिकताको नाममा पुराना संस्कृतिलाई मास्ने काम भइरहेको प्रति उनको गुनासो थियो।

कृषक र कृषि प्राविधिकहरुको यो प्रतियोगिता नेपालमै पहिलो पटक भएको हो। जसलाई दुई भागमा विभाजन गरिएको छ। १६ औं एपिसोडसम्म रअ कार्यक्रम चल्नेछ।

जसमा कृषि प्राविधिकहरुको छुट्टै र कृषकहरुबीच छुट्टै प्रतिस्पर्धा हुनेछ। कार्यक्रम सञ्चालन महानायक राजेश हमालले गर्नेछन्। दुवैतर्फ एक/एक विजेता चयन हुनेछन्। विजेताले १० लाख भन्दा बढी नगद पाउनेछन्।

त्यस्तै कार्यक्रम कुन टेलिभिजनबाट प्रसारण हुने भन्ने टुंगो लागि नसकेको भएपनि माघबाट प्रतिस्पर्धा सुरु हुने आयोजकले जनाएको छ।

प्रकाशित: १४ भाद्र २०८० १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App