२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

अनेसास नेपालमा नयाँ कार्यसमिति निर्वाचित

विभिन्न स्रष्टाहरू सम्मानित र पुरस्कृत

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ। सो अधिवेशनको उदघाटन सत्रमा ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे गीत पुरस्कार’ नगद २१,०००/- सहित वरिष्ठ सर्जक यादव खरेल र मरोपरान्त प्रेमध्वज प्रधानलाई प्रदान गरिएको थियो। प्रेमध्वज प्रधानलाई प्रदान गरिएको पुरस्कार प्रधानका भान्जी एलिसा मास्केलाई हस्तान्तरण गरिएको थियो।

यसैगरी वरिष्ठ कलाकार तथा स्रष्टा मदनदास श्रेष्ठलाई ‘अनेसास विशिष्ट सम्मान’ प्रदान गरिएको थियो।

यसैगरी अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्व अध्यक्ष गीता खत्री, अनेसासका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइलालाई पनि सम्मानपत्रसहित सम्मान गरिएको थियो।

यसैगरी राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारका संस्थापक वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा ‘शीला’, सम्पादक रमेश दाहाल, ठाडो भाका लोककला प्रतिष्ठान, नेपाल संस्कृति विश्वविद्यालय, जनकपुर उपमहानगरपालिका, गोरखकाली नगरपालिका, गोरखालाई कदरपत्र प्रदान गरिएको थियो।

यसैगरी ‘अनेसास भानु विशेष सम्मान’ बाट भानु प्रतिष्ठानलाई र ‘भानु सम्मान’ बाट कविहरू क्रमशः डा. देवी नेपाल, प्रभा आचार्य, बलराम दाहाल रसरु बस्नेत सम्मानित भएका थिए।

यसैगरी अनेसास नेपाल च्याप्टरले कोभिडको कारण विश्व नै लकडाउनको अवस्थामा रहेको समयमा लकडाउन संस्मरण प्रतियोगिता गरेको थियो। सो प्रतियोगितामा प्रथम हुने बाबुराम न्यौपानेलाई नगद ३०,००० रुपैयाँ, द्वितीय हुने पवित्रा अधिकारीलाई नगद २०,००० रुपैयाँ र तृतीय हुने सम्झना निरौलालाई नगद  १०,००० रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो।

अधिवेशनमा प्रमुख अतिथि प्राडा वासुदेव त्रिपाठी, वरिष्ठ गीतकार यादव खरेल, पूर्व अध्यक्ष राधेश्याम लेकाली, प्राडा गोविन्दराज भट्टराई, प्राडा खगेन्द्रप्रसाद लुइँटेल, सल्लाहकार प्रतीक ढकाल,  केन्द्रीय उपाध्यक्ष डा.रेणुका सोलु, अध्यक्ष सन्ध्या पहाडी लगायतले मन्तव्य राखेका थिए।

यसैगरी कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष गोवर्धन पूजा र बिओटी अध्यक्ष पदम विश्वकर्माको शुभकामना पनि वाचन गरिएको थियो।

सन्ध्या पहाडीको सभापतित्व सम्पन्न सो अधिवेशनको प्रमुख अतिथि प्राडा वासुदेव त्रिपाठी रहेका थिए। कार्यक्रमको संचालन महासचिव ऋषभदेव घिमिरेले गरेको सो अधिवेशनमा उपाध्यक्ष राजेन्द केसीले स्वागत गरेका थिए।

अधिवेशनको बन्दसत्रमा महासचिव ऋषभदेव घिमिरेले महासचिवको प्रतिवेदन र अध्यक्ष सन्ध्या पहाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सो सत्रमा केन्द्रीय समितिले सदस्यता अपडेटको नाममा निर्वाचनबाट वन्चित गर्ने गरेको कार्यको व्यापक विरोध गरिएको थियो। एकपटकको आजीवन सदस्य सधैंको आजीवन सदस्य हुनुपर्नेमा जोड दिइएको थियो।

अधिवेशनले अनेसास नेपाल कार्यसमितिको निर्वाचन पनि सम्पन्न गर्‍यो। सो निर्वाचनबाट अध्यक्षमा  राजेन्द्र केसी निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी प्रथम उपाध्यक्षमा मन्जिला अनिल र द्वितीय उपाध्यक्षमा निर्मलरमण पराजुली निर्वाचित भएका छन्। समितिको महासचिवमा रन्जना निरौला, सचिवमा सुशिला खड्का हसिना र कोषाध्यक्षमा कमला रिसाल निर्वाचित भएका छन्।

यसैगरी सदस्यहरुमा क्रमशः आकाश अधिकारी, डा. शान्तिमाया गिरी, डिआर राई, शान्ति रिसाल, दुर्गाबहादुर शाह ‘बाबा’, सीता विष्ट कार्की, डा. हिरण्यलाल ज्ञवाली, सुमन वर्षा, सुचिता काफ्ले, द्वारिका कुइकेल र इन्दिरा ढकाल निर्विरोध निर्वाचित भएका छन्। निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले शपथ ग्रहण गराएको थियो।

प्रकाशित: ५ भाद्र २०८० ०९:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App