१२ असार २०८१ बुधबार
image/svg+xml
कला

उपन्यासकार प्रधानमन्त्री

यस्तो पनि !

साहित्यप्रति हुरूक्क हुने र मुलुक चलाउनेहरू धेरै देशमा छन्। खासगरी चेक गणतन्त्रका नाटककार भाक्लभ हाभेल हुन् या बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोन्सन। उनीहरूको परिचय साहित्यकारका रूपमा पनि थियो।  

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनले त दुई वटा थ्रिलर उपन्यास नै लेखिसके। पदमा रहँदा आख्यान लेख्नमा आइसल्यान्डका प्रधानमन्त्रीहरूलाई कसले पो सकोस् ! डेभिड ओडसनले प्रधानमन्त्री हुँदैका बेला दुई वटा छोटाकथा संग्रह बजारमा ल्याएका थिए। जम्मा चार लाख जनसंख्या रहेको आइसल्यान्डमा प्रधानमन्त्री कार्यालयमा छँदै उपन्यास लेख्ने पहिलो महिला बन्न पुगेकी छन्, ४७ वर्षीया कट्रिन जेकोब्सडट्रिर। उनले नीच जंगल शीर्षकको थ्रिलर उपन्यास भर्खरै बजारमा ल्याएकी छन्।

पुस्तक लेख्न आइसल्यान्डबासीहरूलाई कसैले उछिन्न सक्दैन। यहाँ प्रत्येक १० मध्ये एक जनाले पुस्तक लेख्छन्। ती नलेखेकाहरूले पनि कुनै दिन पुस्तक लेख्ने सपना देख्छन्।  

तीन छोराकी आमा, त्यो पनि ११ वर्षदेखि १७ वर्ष उमेर समूहका, तिनलाई र देशलाई सम्हाल्दा पनि कसरी यो उपन्यास लेख्न भ्याइन् होला? उनको उत्तर छ, ‘तिनका बुबा पनि त छन् ! आमा व्यस्त भएपछि बुबाले पनि त सम्हाल्छन् नि, हैन र?’

सन् २०१७ देखि प्रधानमन्त्रीत्व सम्हालिरहेकी प्रधानमन्त्री कट्रिनलाई उपन्यास लेख्न भने कोभिडको बन्दाबन्दीका बेला सुझेको थियो।  

त्यहाँ स्कुल–कलेज खुलेकै थिए। व्यक्तिगत दुरी कायम राख्दाराख्दै कोभिडको संकटका बेला ३३ जनाको मात्र निधन भएको थियो। भटाभट सर्वसाधारणको मृत्यु भएपछि उनले सार्वजनिक कार्यक्रम रद्द गरिन्। कन्सर्ट, यात्रा, भेटघाट, जन्मदिनको पार्टी सबै रोकिए। यति धेरै फुर्सदिली त उनी कहिल्यै भएकी थिइनन्। केही दिन त उनलाई आफू बौलाउँछु कि झैँ लाग्यो तर उनका साथी, जो आफैँमा बेस्टसेलर उपन्यासकार हुन्, र्याग्नर जोनासनले उनलाई उपन्यास लेख्ने सल्लाह दिए।  

‘उपन्यास लेख्ने पहिलो महिला प्रधानमन्त्री त भएँ तर त्यो भन्दा पनि म कोभिड कालमा अवशादग्रस्त हुनबाट भनेकी छन्, ‘लेख्नु थेरापी लिनुजस्तै हो भन्ने मैले यही लेख्दा थाहा पाएँ।’

– सन्डे टाइम्सबाट

प्रकाशित: ३० श्रावण २०८० ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App